नलगाड नगरपालिका अब आफ्नै भवनमा

जाजकोट ः नलगाड नगरपालिका अब आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने भएको छ । आज देखि औपचारिक रुपमा उक्त भवनको उद्घाटन गरेसँगै नलगाड नगरपालिका आफ्नै भवनमा कार्यालय सञ्चालन गर्न सफल भएको छ । पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गर्नुभएको छ ।



