नलगाडको सबै वडामा आफ्नै भवन

जाजरकोट / सबै वडाहरुमा वडा कार्यालय निर्माण गरी सेवा प्रवाहलाइ सरल बनाएको नलगाड नगरपालिकाले आज देखि प्रशासकीय केन्द्र दल्लीमा आफ्नै भवन निर्माण गरेको छ ।

१३ वटा वडाहरुमा भवन निर्माण गरिसकेको पालिकाले आज देखि नगरपालिकाबाट दिने सेवा आफ्नै भवनबाट दिन थालेको छ । करिव ४ करोड लगानीमा निर्माण गरिएको उक्त भवनका ३५ वटा कोठा रहेका छन् । एउटै भवनबाट सबै शाखाको काम हुने भएको प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताउनुभयो । नगरपालिका भित्रका सबै कार्यालयहरु अब भाडा मुक्त भएको उहाँले बताउनुभयो । उक्त भवनको पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गनुभयो । ३ वर्ष लगाएर निर्माण गरिएको नगरपालिकाको भवन भव्य रहेको छ । आफ्नै पालिकाको भवन निर्माण गर्नेमा नलगाड तेस्रो नम्वरमा परेको छ । पालिका सम्मा वडा कार्यालय निर्माण गर्नेमा नलगाड नगरपालिका एक नम्वरमा परेको छ । त्यस्तै १५ शश्याको नगर अस्पतालको भवनको पनि निर्माण कार्य जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

अधिकांश ठाउँमा वडा स्तर सम्मा नै स्वास्थ्य संस्थाको भवन निर्माण गरिसकेको नलगाडले अब नगर अस्पताल समेत निर्माणको काम जारी राखेको छ । त्यस्तै १३ वटा वडाहरुमा समेत सडकको ट्याक ओपन भइसकेके अधिकृत गिरीले बताउनुभयो । भेरी करिडोर अन्तरर्गत पर्ने यस पालिका भित्रबाट जाजरकोट– डोल्पा सडक पर्दछ । नलगाड जलविद्युत आयोजना ( ७१७ मेघावाट) र ताँसुगाड जलविद्युत आयोजना ( ७ मेगावाट) को समेत यही पालिका भित्र पर्दछन् ।

त्यस्तै ४०० केभीएको सव स्टेशन समेत नलगाडकै दानी पिपलमा निर्माण कार्य जारी रहेको छ । भेरी नदी माथी तीन वटा ठुला पुलको वोलपत्र भइ काम समेत जारी रहेको छ । जिल्लाको अन्य पालिका भन्दा विकास निर्माणको हिसावले नलगाड नगरपालिका अगाडी देखिन्छ ।





error: Content is protected !!