२८ वर्षपछि लुहाम–काभ्रा–कालिमाटी सडकको ट्रयाक खुल्यो

सल्यान ः सल्यानको लुहाम–काभ्रा–कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक झन्डै २८ वर्षपछि खोलिएको छ। ०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो।
शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी चलेका हुन्। पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने कालिमाटी गाउँपालिका–१ दलपुरेका टोपबहादुर भण्डारीले बताए। सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न निकै सहज भएको उनको भनाई छ। उनले भने सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानु पथ्र्यो तर अब ३र४ घण्टामै सुर्खेत पुग्न सकिने भयो।
सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरवाही, जनयुद्धको प्रभाव लगायतका कारण वषौंदेखि रोकिदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको अर्का स्थानीय वेद प्रसाद केसीले बताए। लुहाम, काभ्रा कालिमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्रयाक खुलेको धेरै भएपनि बाँकी ट्रयाक खोल्न वर्षौ लागेपनि अहिले पूर्णता पाएको उनको भनाई छ।
साविकको जिल्ला विकास समिति हुँदा देखिनै ट्रयाक खोल्न बजेट विनियोजन हुने गरेको भएपनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन। ४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहाम देखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्रयाक ओपन सहित स्तरोन्नतीको काम सुरु भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले बताए।
प्रदेश सरकारको गौरवको आयोजना अन्र्तगत रहेको लुहाम, काभ्रा कालिमाटी हुन्दै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता पाएको उनको भनाई छ। प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नती अन्र्तगत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान समेत भइ सकेको कार्यालयले जनाएको छ।
ट्रयाकको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने बताए। मुलुकको सामाजिक, आर्थिक विकासमा राजनीति गर्न नहुने बताए। विकास निर्माणमा तेरो मेरो नभनी सामूहिक भावनाबाट अघि बढ्न जरुरी रहेको दावी गरे।



