यि हुन जाजरकोट संमृद्धिका आधारहरु !

हेमन्त केसी ( न्यौपाने)
दुर्गम तथा पिछडिएको पगरी गुथीरहेको जाजरकोटले आफ्नो परिचय बदल्न भारी आधारहरु खडा गरिरहेको छ । प्रजातन्त्र देखि अन्य व्यवस्थामा समेत परिचय बदल्नका लागि प्रयास भाषनमा गरिएपनि जाजरकोटलाइ निल्नमा समय खर्च भएको देखिन्छ । जाजरकोटमा विकासको नारा देखाएर छिमेकी जिल्लामा विकासको इट्टा थप्ने शासक हुँदा प्रगतीका पाइलाहरु ओझेल भएको प्रशस्त उदाहरण भेटिएका छन् । काठमाडौँमा जाजरकोट विकासको नारा बनाउने तर काम छिमेकी जिल्ला तीर मात्र काम गराउदा जाजरकोट पिछडिएको पगरी गुथिरहेको वित्तान्त भेटिन्छ ।

विमानस्थल ,सडक र विद्युतमा जाजरकोटको नाम दिएर छिमेकी पोस्ने नीतिका कारण हाम्रो जिल्ला पछाडी पर्नु मुख्य आधार हुन् । रुकुम पश्चिमको चौरजहारीमा विद्युत बनाएर जाजरकोटमा उज्यालो बनाउने नीतिले जाजरकोटको संमृद्धि आउन सक्दैथ्यो । त्यस्तै चौरजहारीमै विमानस्थल बनाएर सिमित कोटा दिएर जाजरकोटको खास संमृद्धि आउन नसक्ने कुरामा कोही दुइमत छैन । जाजरकोटमा दिघोविकास र जाजरकोटीको भावनालाइ उच्च राख्ने काम वितेका कुन समयमा भयो । जाजरकोटसँग भावना साटिएको भन्दै फाइदा लिएर विदेश र स्वदेशमा भारी फाइदा लिने समुह बाहेक वितेका वर्षमा जाजरकोटले के पाए ?

विगतका शासकले के देख्ने काम गरेर प्रजातन्त्र काल वित्यो ? जाजरकोट पछि पर्र्नुमा अहिले पिडिले जती मुद्धा उठाउने गर्छन त्यो मुद्धाहरु उनकै मुल पार्टीका खास नेता तर्फ सोझ्याउदा फरक पर्देन । ३० वटा गाविस हुँदा जाजरकोटमा त्यस्तो नयाँ काम के भयो ? आम नागरिको प्रश्न त्यहाँ नेर रहेको छ । जाजरकोटमा उ समयमा सडक कहाँ थियो ? शिक्षाआर्जन गर्ने संस्थामा खास के प्रगती भएका थिए । सदरमुकामको त्रिभुवन उच्च मावि बाहेक अन्य खास शिक्षा क्षेत्रमा प्रगती भएको देखिदैन । ५६ वर्ष शासन गरेको नेपाली कांग्रेस र एमाललेले जाजरकोटमा के दियो ?

अहिलेको विद्यमान अवस्था र माओवादी नेतृत्व ?
५६ वर्ष भन्दा लामो समय सम्मा जाजरकोटको शासन सत्ता समालेको नेपाली कांग्रेस कुनै न कुनै रुपमा अहिले गणतन्त्र कालका अधिकांश वर्ष सम्मा शासन सत्ताको मियोमै छ । भलै जाजरकोटमा गणतन्त्र पछिका वर्षहरुमा उ सत्ताको पगरीबाट बाहिर रहेको छ । त्यस्तै कांग्रेससँगै शासनसत्ता समालेको नेकपा एमाले पनि जाजरकोटका लागि के दियो र गर्र्यो ? माओवादी शान्ति प्रक्रियामा आएसँगै अहिले सम्मा १५ वर्ष वित्दै छन् । ५६ वर्ष सम्मा नभएको काम माओवादी नेतृत्वले १५ वर्ष भित्र भारी विकासको लागि जग मात्र खडा गरेको छैन , जनताले अनूभुति गर्ने खालको आधार समेत निर्माण गरेको छ । विद्युत , खानेपानी , शिक्षा ,सडक र स्वास्थ्य क्षेत्रमा माओवादी नेतृत्वमा भारी क्रान्ति नै भएको छ ।

आँखा चिम्लिएर दिने अभिव्यक्ती भन्दा तथ्यमा गएर दिइने अभिव्यक्तिले मात्र जाजरकोटको संमृद्धीका लागि खास अर्थ राख्छन् । १५ वर्ष भित्र जाजरकोटमा कर्णाली प्रदेशकै तीन नम्वरमा पर्ने गरी ५० शश्याको अस्पताल , भेरी करिडोरको सडक , मध्यपहाडी लोकमार्ग , लुम्विनी –रारा सडक , नलगाड जलविद्युत आयोजना ( ४१७ मेघावाट) , ताँसुगाड जलविद्युत आयोजना ( ७ मेगावाट) , जाजरकोट – जुम्लाका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन , ठाउँ , ठाउँमा टेलिफोन टावर , १० वटा खाद्य डिपो र जाजरकोटमै पढ्न पाइने वहुँप्रविद्यिक शिक्षालय , कृषि जेटिय पढाइ , चार ठाउँमा सोलार मिनिग्रेट, सदरमुकाममा वृहत खानेपानी , ४७ वर्ष सम्मा अलपत्र परेको बारेकोट ४ स्थित सिँचाइ योजना र भुरचौर सिँचाइ , अधिकांश ठाउँमा विद्युतको केन्द्रीय प्रशारण लाइन , चार ठाउँबाट जुम्ला जोड्का लागि सडक निर्माणको जारी लगाएतका अनगन्ती कामहरु शान्ति प्रक्रियाका १५ वर्ष भित्र माओवादी नेतृत्व र खास गरी पुर्वमन्त्री शक्तिबहादुर बस्नेत , वर्तमानमन्त्री गणेशप्रसाद सिंह , संविधानसभा सदस्य तथा कर्णालीका इन्चार्ज कालीबहादुर मल्ल , केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ,गगन खड्का लगाएका थुपै नेताहरुकै बलमा भएको हो ।

्देखिने मात्र यि काम यहाँ उल्लेख गरिएको छ , अन्य ठाउँ त कति छ कति ? माओवादी शान्ति प्रक्रिया आउनु भन्दा अगाडी सदरमुकामलाइ मात्र जाजरकोट ठान्नेहरुले के गरेका थिए खासमा एक शव्द भेटिदैन । जवरजस्त , आँखै चिम्म बनाएर फेसवुकमा वालहरु रंग्याउदैमा त्यसको खास अर्थ रहदैन । यि जनयुद्धमा लडेर आएका नेताहरुले कहाँ नेर व्यक्तिगत सम्पती जुटाए कत्तै पनि प्रश्न गर्ने ठाउँ छैन । अन्य दलका जिल्ला तथा केन्द्र स्तरका नेताहरुले कहाँ कहाँ घर जग्गा निर्माण भएका छन् त्यो सजिलै भेटिदै आएका छ ।

चुनावी एजेण्डा के त ?
जनताको अधिकार स्थापित गर्नका लागि गरिएको जनयुद्धले अधिकार स्थापित त गरेको छ नै तर मुठीभरी शक्ति आर्जन गरेर शासन गदै आएका केही शेस अझै बाँकी रहेको देखिन्छ । आफूलाइ स्वघोषणा राजा ठान्नेहरुको कमी हाम्रो समाजमा अझैँ कमी छैन । जनयुद्धले व्यवस्था वदलेको छ तर जनताको अवस्था बदल्नका लागि ति पुराना शासकहरु अझै पनि मुठीभरीको बल लगाएर शडयन्त्र गर्दै कामहरु अवरुद्ध बनाउदै आएका छन् । व्यवस्था नै मास्ने भारी शडयन्त्र जारी रहेको छ । व्यवस्था जोगाउन माओवादी नेतृत्वलाइ भारी बल लगाउनु परेको छ । परिवर्तनका एजेण्डा स्थापित गर्न नदिन भएका अनेक जालझेलहरु तोड्न माओवादीले दिनरात मेहनत गरिरहेको छ । रगतसँग साटेर ल्याएको व्यवस्था प्रति अन्य केही दलहरु खुसी देखिदैनन् ।

अहिलेको व्यवस्था प्रति नकरात्मक धारणाका ओइरो लगाउने मात्र काममा उनीहरु समय खर्च गरिरहेका छन् । व्यवस्था जोगाउने र अवस्था बदल्ने महान जिम्मेवारी माओवादीसँग छ । त्यसैले अब सबै आम जनसाधारणले अवस्था र व्यवस्था जोगाउन माओवादीलाइ अत्यधिक भोट दिएर अगाडी बढ्नको विकल्प छैन । जसले बच्च जन्माएको छ , यसैलाइ मात्र बच्चाको माया हुन्छ । सौत्यनीलाइ स्वार्थका लागि माया गरेपनि आफू अनुकूल हुँदा स्वर्थी माया नयाँ अवसरको रुपमा प्रयोग हुने गर्दछ ।

अब जाजरकोटको एजेण्डा ?
जसले काम गर्छ तर हल्ला गदैन ? जसले जनताका एजेण्डा स्थापित गर्छ तर चामल विकाउन लाग्दैन , खास माओवादीको अवस्था यही हो । नेतृत्व प्रति भरोसा र विश्वास अनि सचाइ नै अहिले भएका कामहरुको विवरण हुन् । जाजरकोटको भविश्य र भरोसा माओवादीको नेतृत्व बाहेक अरुमा देखिदैन । किनकी ५६ वर्ष सम्मा उनीहरुले केही गरेनन् बरु ठुला सहरमा आलिशान महल बनाए । अहिले पनि जाजरकोटका विद्यतीकरण गर्नका लागि लगिंएको ठेक्का समेत पुरा नगर्ने नेता पार्टीको मुल नेतृत्वमा निर्बाचित गर्ने दलले गाउँ , गाउँमा भएर भारी आार्दश नछाट्दा नै लाज छापिन्छ की ?





error: Content is protected !!