असार मशान्त सम्मा डोल्पामा केन्द्रीय लाइन विस्तार हुने

जाजरकोट / विद्युतको केन्द्रीय प्रशारण नपुगेको डोल्पामा आर्थिक वर्ष २०७८/ ८९ असार महिना भित्र पुर्याउने लक्ष्य लिइएको छ ।

डोल्पामा प्रशारण लाइन काम गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले ३ वर्ष सम्मा काम नगरेपछि विद्युत प्रशारण लाइनको काम रोकिएको थियो । निर्माण व्यवसायीलाइ छिटो काम गर्न अन्तिम अल्टिमेटर दिइएको र काम नगरे विकल्प समेत खोज्ने तयारी भएपछि डोल्पामा विद्युत पुग्ने आशा पलाइको छ ।

विद्युतीकरण नभएका कर्णालीको डोल्पामा जसरी नि विद्युतीकरण गर्न जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले ताकेता जारी राखेपछि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले असार मशान्त भित्र जसरी पनि डोल्पामा विद्युत पुर्याउने योजनाका साथ काम भइरहेको प्राधिकरणका प्रदेश प्रमुख सम्भु यादवले बताउनुभयो । सताग्री निर्माण सेवाले जाजरकोटको कुदु सव स्टेशन देखि चौखा हुँदै डोल्पाको त्रिपुराकोट सम्मा प्रशारण लाइन निर्माणको ठेक्का लिएको छ ।

त्यस्तै कर्णालीका अन्य जिल्ला समेत कामको जिम्मेवारी लिएको पाइएको छ । जिम्मेवारी लिएपनि कुनै पनि ठाउँँमा काम नगर्दा समस्य हुँदै आएको हो । डोल्पामा विद्युतीकरण गर्नका लागि चौखामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ । हप्ता दिन भित्र डोल्पाको त्रिपुराकोटमा सव स्टेशन निर्माण गर्नका लागि बोलपत्र खोल्न थालेको यादवले बताउनुभयो । असार मशान्त भित्र डोल्पा र मुगुमा बत्ती बाल्ने काम पुरा गरेरै छाड्ने उहाँले बताउनुभयो । निर्माण व्यवसायीले काम नगरे प्राधिकरणले आफ्नै स्रोतबाट काम गरेर भएपनि डोल्पा सम्मा विद्युत पुर्याउने लक्ष्य रहेको छ ।

स्थानीय जैरीगाड खोलाबाट उत्पादन गरिएको विद्युतले डोल्पाको सदरमुकाम दुनै लगाएका अन्य ठाउँमा काम गदै आएकोमा पटक पटक खरावी हुँदा सास्ती हुँदै आएको छ । सो सास्तीलाइ हल गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा उर्जाविकास मन्त्री गणेशप्रसाद सिंहको निर्देशनमा हप्ता दिन भित्र डोल्पाको सदरमुकाम दुनै लगाएत आसपासको क्षेत्रमा विद्युत सेवा सूचारु हुने भएको छ । जैरीगाड विद्यतु उत्पादन गर्नका लागि खराबी भएको मेसिन बोलपत्र आवह्वान गरेर खरिद गरेपछि हप्ता दिन भित्र डोल्पामा विद्युत सेवा सुचारु हुने भएकोे हो ।

जैरीगाडमा एउटा मात्र मेसिनद्धार विद्युत उत्पादन हुँदै आएकोमा अब पुर्ण एक थपेर दुइवटा बाट विद्युत उत्पादनको काम सुरु गर्न लागिएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । एक मात्र डाइनामो हुँदा खराव आउन बित्तिकै समस्य हुने गरेको थियो , हामीले त्यो समस्या समाधान गर्न अर्को डाइनामो खरिद गरेर डोल्पा पठाएका छौँ मन्त्री सिंहले भन्नुभयो । अब डोल्पाको दुनै लगाएका आसपासमा लोडसेडिङ हँुने छैन ।





error: Content is protected !!