८ मार्च र महिला आन्दोलनका कार्यभार
सत्य पहाडी
आज ८ मार्च , अन्तराष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धता को बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिदै आएको छ । दिगो भविश्यको लागि लैङ्गीक समानता भन्ने बिषय बस्तु अन्तरगत संसारभरका महिला हरुले ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश तथा अन्तराष्ट्रिय आन्दोलनका रुपमा मनाइरहेका छन। त्यसैगरी सामाजिक न्याय र लैङ्गीक समानता दिगो विकासको सुनिश्चितता लगायत विभिन्न नाराका साथ नेपालमा पनि श्रमिक महिला दिवस देशब्यापी रुपमा विभिन्न कार्यक्रम सहित मनाइदैछ ।
८ मार्च समानता र सह अस्तित्वको निम्ती महिलाहरुले चलायको विरतापुर्ण संघर्षको गौरव गाथा हो। यो महिलाहरुले मताधिकारको लागी चलाएको आन्दोलनको स्मरण मात्र होइन, त्यस यताका दुई सय बर्षमा महिलाले समानता, सहआस्तित्व र सामाजिक न्यायको निम्ति गरेका वीरतापुर्ण इतिहाँसको एकमुष्ट सम्मान हो । ती सबै संघर्षबाट आवश्यक शिक्षा प्रेरणा हामीले लिदै आएका छौं र लिइरहने छौं ।
योगमायाहरू देखि , जनयुद्ध, जनआन्दोलनमा विरतापुर्ण संघर्षको गौरवगाथा तयार गर्ने सवै विरगनाहरुको त्याग, वलिदान र समर्पणले ८ मार्चको गरिमा महत्व र क्षेत्रलाई अझै व्यापक र बिस्तार गर्दै आएको छ।
२१ औं शताब्दिको पुर्वार्द्धसम्म आइपुग्दा केवल इतिहासको बखान गर्नुमा मात्र हाम्रो भुमिका पुरा हुने कुरामा विश्वास गर्दैनौं । हामीले इतिहासबाट आवश्यक शिक्षा र प्रेरणा लिदै वर्तमानका आवश्यकता, सम्भावना र चुनौतीको लेखजोखा गर्दछौं । त्यसैले हामीले वर्तमानमा टेकेर भविश्यको क्षितिजलाई पनि नियाल्ने नारा सामाजिक न्याय र लैङ्गीक समानता ले वर्तमानको आवश्यकतालाई संबोधन गरीरहेको छ भने दिगो बिकासवे सुनिश्चितताले सुन्दर र सुखद भविष्यलाई देखाइरहेको छ ।
लैङ्गीक समानता, सामाजिक न्याय र दिगो विकास एक अर्कोमा घनिष्ट रूपले जोडीएका विषय बस्तुहरु हुन । लैङ्गीक समानता बिना सामाजिक न्याय र सम्मुनत समाजको परिकल्पना सम्भव हुदैन । जुन समाजमा लिंग, जाती, धर्म, संस्कृति र श्रम विभाजनको आधारमा उचनिचको ब्यवहार हुन्छ विभेद र असमानतायुक्त अवस्था हुन्छ । त्यहाँ बिकास र समृद्धि टाढाको कुरा बन्दै जान्छ । सामन्यतया बिकास र अझ सामाजिक न्याय सहितको बिकासको निम्ती लैङ्गीक समानता आवश्यक मात्र होइन, अनिवार्य शर्त हो। लैङ्गीक समानता र सामाजिक न्याय दिगो बिकासका महत्वपुर्ण आधारहरू हुन।
त्यसैगरी आर्थिक सामाजिक र वातावरणीय विकास दिगो विकासका प्रमुख स्तम्भहरु हुन् । तसर्थ महिलाहरुले राजनैतिक क्षेत्रमा सहभागीताको अधिकारको अलावा, सामाजिक संस्कृतिक क्षेत्रमा समेत सवै खालका विभेदबाट मुक्ति र व्यक्तित्व विकासको अवसर को लागी आवाज वुलन्द गर्दै जानु पर्ने हुन्छ । कुनै पनि महिला हस वा पुरुष जन्मजात लैङ्गीक आधारमा सक्षम र असक्षम हुदैन उसले प्राप्त गर्ने अवतर, शिक्षा, दिक्षा र परिवेशले समाजमा उसको योग्यता द भुमिकालाई गरिरहेको हुन्छ । त्यसकारण राजनैतिक तथा सामाजिक सांस्कृतिक क्षेत्रमा समान अवसर, भुमिका र सहभागिताको खोजी हामीले गर्नै पर्दछ ।
हामीले राजनीति र सामाजिक सांस्कृतिक क्षेत्रको बारेमा कुरा गरीरहदा यो तथ्यलाई पनि ख्याल गर्नु पर्दछ कि हरेक राजनीतिक सामाजिक ब्यवस्थाको आधार आर्थिक ब्यवस्था हुने गर्दछ । तसर्थ आर्थिक अधिकारको सुनिश्चितता बिना राजनीतिक तथा सामाजिक सांस्कृतिक अधिकारको दीगो उपयोग चुनौतीपूर्ण हुन जान्छ । आर्थिक आत्मनिर्भरताले भाज हरेकलाई आत्मनिर्णयको अधिकार उपयोग गर्न योग्य बनाउछ ।
कोभिड ( १९ लगायतका विभिन्न महामारीहरुले जलबायू परिवर्तनका मुद्धा र बातावरणीय सुरक्षाको प्रश्नलाई अत्यन्त गंभिर र चुनौतिपुर्ण बनाउदै लिएको छ ु विकसित राष्ट्र र सम्पन्न मुठिभर वर्गले गर्दै गएको प्रकृतिको असिमित दोहनका कारण विग्रदो जलवायू र बातावरणको मारमा श्रमजिवि वर्ग, क्षेत्र, लिङ्ग र समुदाय पर्दै गएको छ । तसर्थ महिला अधिकार र समानताको कुरा गर्दा बातावरणीय अधिकार प्रश्न पनि राजनैतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार संग जोडीएर आउनु पर्दछ । दीगो भविष्यको सुनिश्चितताको लागी राजनीतिक अधिकारका अलावा, आर्थिक, सामाजिक, बातावारणीय अधिकार र बिकासको सवाल पनि हो।
यस बर्ष हामीले ८ मार्च मनाइरहदा स्थानिय तहको निर्वाचन नजिकै आउदैछ। स्थानिय तह हुदै प्रदेश र संघमा महिलाहरुको सहभागिता वृद्धि गर्न आठ मार्चले थप प्रेरित गर्नै पर्दछ र बातावरण तयार गर्नै पर्दछ ।
लैङ्गीक समानताको अलवा राष्ट्रको स्वाधिनता, आर्थिक समृद्धि र सामाजिक न्याय आजको महिला आन्दोलनका कार्यभार बन्नु पर्दछ । स्वाधिनता, समृद्धि र सामाजिक न्यायको प्रश्न वस्तुतः समाजवादका लागि आधार निर्माणको विषय हुनेछ । ८ मार्चले सबैलाई यहि बाटोमा हिड्न प्रेरीत गर्नेछ मुक्तिकामी महिला आमा, दिदि ,बहिनी र छोरीहरू लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुमा ८ मार्चको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लेखक ः पूर्वमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) नेतृ हुनुहुन्छ ।