कर्णाली प्रदेश ः अडानबाट ‘ब्याक’ भयो समाजवादी, रोकाया मन्त्री बन्ने

काठमाडौँ ः आइतबार बिहानसम्म पनि तीन वटा मन्त्रालयको दाबी गर्दै आएको गठबन्धनको कान्छो दल एकीकृत समाजवादी अन्तिममा आएर आफ्नो निर्णयबाट ब्याक भएको छ । समाजवादीले अब दुईवटै मन्त्रालयमा चित्त बुझाउने भएको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले वृहत् छलफलपछि पदम बहादुर रोकायालाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरिएको बताए । उनले कुरा गर्दै भने, ‘हामीले छलफल गरेर रोकायालाई मन्त्री बनाउनका लागि नाम दिइसकेका छौँ । ।

 यज्ञबहादुर बिसि नेपाली कांग्रेस – सामाजिक बिकास मन्त्री

हिमबहादुर शाही ,, -आन्तरिक मामिला तथा कानुन मन्त्री

गणेश प्रशाद सिंह नेकपा माओबादी -जलश्रोत तथा उर्जाबिकास मन्त्रालय

छिरिङ डम्डोल लामा(कार्र्चेन) ,, -उद्योग पर्यटन बन तथा बताबरण मन्त्रालय

पदम रोकाया नेकपा (एकिकृत समाजबादी) -भौतीक पुर्बाधार तथा शहरि बिकास मन्त्रालय





error: Content is protected !!