को हुन् जलस्रोत तथा उर्जा विकास मन्त्री – सिंह ?

जाजरकोट ः भारी आशा र भरोका केन्द्रमा रहेका प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह कर्णाली प्रदेशको मन्त्री बनेका छन् । हक्की स्वभाव र काम गर्ने गतीमा राम्रो पहिचान बनाएका सिंह मन्त्री बन्ने भएपछि जाजरकोटी जनताहरु खुसी भएका छन् ।

सिंहले सपथ लिनुपूर्व नै बधाइका भारी बर्षा पाएका सिंह मतदाता मात्र नभइ खुल्ला मासमा समेत व्यापक जनसमर्थन भएका सिंह चुनावी सरकार र बजेट समेत चलाउने पाउने भएपछि सबैले चासोको रुपमा लिएका छन् ।

सबै गाउँ र टोलमा विकास निर्माणका काममा प्रत्यक्ष जोडिएर गुनासोलाइ समेत सजिलै सुन्दै सबैको मनमुटुमा बस्न सफल सिंह फेरी पनि प्रदेशसभाको उम्मेदवारका रुपमा लिइएको छ । शिक्षणबाट अलग भइ भूमिगत राजनीतिमा लागेका सिंह जिल्ला सचिव ,इन्चार्ज हुँदै केन्द्र सदस्य समेत भएका थिए ।

पार्टी एकतासँगै प्रदेश समितिमै चित बुझाएका सिंह व्यापक जनसमर्थन भएका राजनीतिज्ञ भित्र पर्दछन् । शक्तिबहादुर बस्नेत भन्दा पछाडी जिल्लामा मन्त्री बन्नेमा उनी नै दोस्रो राजनीतिज्ञ हुने भएका छन् ।

जिल्ला भित्रका कर्मचारीले समेत व्यापक रुचाएका सिंह सबैलाइ काम गर्न सजिलो बनाइदिने मध्यमा पर्दछन् । नलगाड नगरपालिकाको ऐरारीमा जन्मिएका सिंह सिधा बोल्ने व्यक्तित्वमा पर्दछन् । नेकपा (माओवादी केन्द्र)को भागमा परेको तीन मन्त्री मध्य दोस्रो बर्गीयताको मन्त्रालय सिंहले समाल्दै छन् ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतका विश्वास पात्रमा रुपमा सिंहलाइ लिइएको छ । स्वच्छ क्षवि भएका सिंह विवादमा मुछिएका छैनन् । प्रत्यक्ष जनताबाट निर्बाचित सांसद सिंह प्रचण्डको सचिवालयमा बस्दा बसेर समेत काम गरेका थिए ।

को हुन सिंह ?

बाबा जर्दसिंह ठकुरी र आमा अमृता देबी सिंहको जेठा सन्तानका रुपमा रहेका मन्त्री सिंहका तीन छोरा र तीन छोरी छन् । २०१८ साल बैशाख १८ गते सोमबार जन्मिएका सिंह २०४६ , ४७ सालको जनआन्दोलनमा अखिल नेपाल शिक्षक संगठनको सदस्य , २०४७ सालमा पुस १० गते पार्टी सदस्यता प्राप्त गनुभएको थियो । २०४८ सालमा अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य बने ।

त्यस्तै २०४८ मै संयुक्त जनमोर्चा नेपाल ,जाजरकोटको जिल्ला समिति सदस्य र २०५२ सालमा जनयुद्धको सुरुवात सँग्ै २०५३ सालमा सरकारले सिंहलाइ माओवादीको आरोपमा शिक्षकबाट अबकास भए । २०४३ देखि २०५३ सालमा (१२ वर्ष) नेराप्रावि लहँ ऐरारी , हिमालय प्रावि बारेकोट ९ का काप्तिको प्रअ समेत भएका थिए ।

२०५४ सालमा नेकपा (माओवादी केन्द्र) पार्टीको पूर्णकालिन सदस्य , जाजरकोट , दैलेखका केही गाविसको क्षत्रिय सचिव भए । २०५७ मा उपव्यूरो सदस्य , राज्य कार्यालय सचिव र २०५८ कमान कार्यालय सचिव समेत भएका थिए । २०६० सालमा क्षेत्रीय व्यूरो सदस्य बनेका सिंह सोही समयमा दैलेख जिल्लाको इन्चार्ज समेत भएका थिए ।

२०६२,६३ मा राज्य कार्यालय बाँके , बर्दियामा आबद्ध भएका थिए । २०६४ सालमा जाजरकोट जिल्लाको सचिव भइ काम गरेका थिए । २०६९ मा एकीकृत नेकपा (माओवादी केन्द्र ) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य तथा पोलिटव्यूरो सदस्य हुँदै २०६९ मै जाजरकोटको इन्चार्ज जिम्मेवारी लिएका थिए ।

२०७४ पार्टी एकतासँगै कर्णाली प्रदेश पार्टीको सदस्य र कर्णाली प्रदेश सभा सदस्य , जाजरकोट (क, सांसद) निर्बाचित भए । २०७६ मा कर्णली प्रदेशसभाको संसदिय समितिको महत्वपूर्ण समिति अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष बने । त्यो भूमिकालाइ सफल बनाएका सिंहले २०७८ माघ २३ गतेबाट जलस्रोत तथा उर्जा विकास मन्त्रालयका मन्त्रीमा न्यूक्त हुनुभयो ।





error: Content is protected !!