खोप कार्ड नभए सरकारी सेवा नपाउने

जाजरकोट ः कोभिड विरुद्ध लगाएको खोप कार्ड भएकाले मात्र आज देखि सरकारी सेवा पाउने भएका छन् । जिल्ला स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सबै सर्वसाधारणले खोप कार्ड अनिबार्य बोकेर ल्याउनुपर्ने भएपछि खोप लगाउनेको संख्या बढ्ने अपेक्षा लिइएको छ ।

केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले माघ ७ बाट खोप कार्ड बोकेको मात्र सरकारी सेवा लिन पाउने निर्णय गरेको थियो । कार्ड नभएकाले तुरुन्तै खोप लगाए मात्र सरकारी सेवा पाउने छन् ।





error: Content is protected !!