आफ्नै नेताले गरेको हस्ताक्षर मान्दैन कांग्रेस

जाजरकोट ः केही दिन अघि जिल्ला प्रशासन कार्यालय ,जाजरकोटले आयोजना गरेको कोभिड विरुद्ध कसरी जोगिने भन्ने बैठकमा नेपाली कांग्रेसका उपाध्यक्ष तेजविक्रम शाह सहभागी भएर २५ जना भन्दा बढी जम्मा नहुँने भन्दै हस्ताक्षर गरि आउनु भएको थियो ।
शाह लगाएत जिल्लाका सबै दलका प्रमुख तथा प्रतिनिधिहरु कोभिड विरुद्ध एक जुट भइ लाग्ने कुरामा सहमति जनाएका थिए । तर सबै भन्दा सुरुमा जिल्ला प्रशासन कार्यालय ,जाजरकोटमा भएको उक्त निर्णयको उलंघन गर्नेमा नेपाली कांग्रेस नै भएको छ ।
नलगाड नगरपालिका ६ मा कांग्रेसले कार्यक्रम गरि दल प्रवेश कार्यक्रम राखि प्रशासनमा गएर आफ्नै नेताले गरेको सहमतिको धजी उडाएको छ । कार्यक्रममा आएका सहभागिले कोभिड विरुद्ध जोगिने कुनै पनि सामग्री प्रयोग नगरेको देख्न सकिन्छ ।








