नेकपा एमालेबाट निर्बाचित वडाध्यक्ष केसीले भ्रष्टाचार गरेको भन्दै माथि कालोमोसो, पार्टीले गर्र्यो बचाउ

जाजरकोट , ५ माघ ः जिल्लाको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो सहित जुत्ताको माला लगाएको छ ।

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो र जुत्ताको माला लगाएको हो । सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन् र दिदैनौ पनि गलतका विरुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए ।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको, कोभिड -१९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको, बाहुन गाउँ देखि अफ्गान खानेपानी योजना बाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहान बाट जेवा खानेपानी योजना बाट ७ लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको आरोप लगाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी मधुकुमार थापाले घटनाको विषयमा प्रहरी समक्ष कुनै जानकारी नआएको बताए । उनले भने, ‘पीडित पक्ष बाट कुनै खालको जानकारी आएको छैन्, यदि आयो भने हामी प्रक्रिया अघि बढाई कालोमोेसो दल्नेहरुको खोजी गछौं, कालोमोसो दल्नेहरुलाई कारबाही गछौँ ।’

यत्ता नेकपा एमालेले विज्ञप्ति जारी गर्दै कालोमोसो दल्नु गलत भएको भन्दै इमान्दार , कर्तव्य निष्ट कार्यक्रता माथी भएको यस्तो कार्यको खोरभत्र्सना गर्दछौँ भनि उल्लेख गरिएको छ । विद्यार्थीले लगाएको आरोप सरासर गलत भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।





error: Content is protected !!