कर्णालीमा पनि बढ्न थाल्यो कोरोना – परीक्षण गरिएका झण्डै ५६ प्रतिशतमा संक्रमण

सुर्खेत / केहीदिन अघिसम्म न्यून कोरोना संक्रमण दर रहेको कर्णालीमा पछिल्ला केही दिनदेखि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कर्णालीमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ । ४१ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ३७ जना र २९२ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा परीक्षण गरिएकामध्ये झण्डै ५६ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । जसमा सबैभन्दा धेरै प्रदेश राजधानी सुर्खेतमा मात्रै १३१ जनामा कोरोना पुष्टि भएको छ भने सल्यानमा २१, कालिकोटमा १९, मुगुमा २, जुम्लामा ४ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशक डा।रविन खड्काका अनुसार संक्रमितमध्ये ८४ जना महिला छन् भने १०५ पुरुष रहेका छन् । यो अवधिमा संक्रमण मुक्त हुनेको संख्या जम्मा–जम्मी ६ जना मात्र छन् भने ९३ जना प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आइसोलेशनमा थपिएका छन् ।

स्वास्थ्य निर्देशन खड्काकाअनुसार पहिलो, दोस्रो र तेस्रो चरणमा गरी हालसम्म कर्णालीमा ३४ हजार ६०५ जनालाई कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ३२ हजार ३२३ जनाले कोरोनालाई परास्त गरेका छन् भने ३८८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

यस्तै ६०४ वटा केसरु विभिन्न आइसोलेशनमा सक्रिय छन् । तथापि पछिल्लो समय कोरोना संक्रमणका कारण भने प्रदेशमा कसैले ज्यान गुमाएका छैनन् । जनस्वास्थ्यविदहरुले कोरोना संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्यमा मापदण्ड अपनाउ आग्रह गरेका छन् ।

स्वास्थ्य निर्देशन डा।खड्का भन्छन्–‘हाम्रो यस्तै छाडा गतिविधि भैराख्ने हो भने गत वैशाख, जेठ–असारमा भोगेको नियति फेरि नआउला भन्न सकिन्न् । त्यसैले जनस्वास्थ्यमा मापदण्डहरुको पुरापुर पालना गरौं ।’





error: Content is protected !!