अब पीसीआर परीक्षण शुल्क ः सरकारी प्रयोगशालामा ८ सय र निजीमा १५ सय रुपैयाँ

काठमाडौँ ः सरकारले कोरोना भाइरसको परीक्षणको शुल्क समायोजन गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताए । अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्ने सहप्रवक्ता अधिकारीले जानकारी दिए । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।





error: Content is protected !!