जाजरकोटमा के गर्न पाइन्छ , के पाइन्न ?

जाजरकोट , जाजरकोटमा स्मार्ट लकडाउन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु भएको जनाएको छ ।

कार्यालयको आदेशअनुसार अब २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ गतेदेखि खोप कार्ड देखाउनुपर्नेसमेत भनिएको छ ।

यस्तै, कार्यक्रम सञ्चालन गर्नका लागि प्रशासनको अनुमति लिनुपर्ने, माघ २८ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सुरक्षा मापदण्ड अपनाई परिक्षा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।





error: Content is protected !!