भरोसाको दियो बाल्दै भेरी

हेमन्त केसी
जाजरकोट / जिल्लाकै जेठो पालिकाको रुपमा रहेको भेरी नगरपालिका नीतिगत निर्णय देखि जनमुखी काममा समेत अगाडी देखिएको छ । यूवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक , स्वास्थ्य ,सञ्चार र नीतिगत निर्णयमा समेत अगाडी देखिएको छ ।
जनप्रतिनिधिको आखिरी बिन्दुमा पुगेको समयमा विगतका चुनावी घोषणाहरु समेत पुरा हुँदै गएका छन् । केही दीर्घकालिन र केही अल्पकालिन निर्णय हँुनुका साथै भावी पुस्ताका लागि नासोको रुपमा हेरिएका महत्वकांक्षी योजनाहरुको शुभ आरम्भ समेत गरिएको छ । जिल्लाको मुटु रहेको सदरमुकाम समेत रहेका यहाँ सडक , खानेपानी , विद्युत र स्वाथ्य क्षेत्रमा भारी सुधार भएको देखिन्छ । भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा सबै भन्दा ठुलो काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना हुनु भारी सफलताको रुपमा हेरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको सव बाहान ( एम्वुलेन्स) सेवा पनि जिल्लाकै नमुनामा पर्दछ । एम्वुलेन्समा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाइ ५० प्रतिशत छुट र सुत्केरी महिलाको लागि निशुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो ।
भेरी नगर भित्र ५० शश्याको अस्पताल निर्माण कार्य जारी रहेको छ । त्यस्तै कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्र समेत भेरी नगरपालिकामा बन्दै गरेको छ । संघीयताको सुन्दर पक्ष मात्र नभइ जिल्लाका नेताले जनतालाइ दिएको विकासरुपी उपहारका रुपमा यसलाइ अथ्याएको छ । त्यस्तै मालिकामा भ्यूटावरका रुपमा काम हुन लागेको बताएको छ । मध्यपहाडी लोकमार्ग , लुम्विनी –रारा , छिन्चु –जाजरकोट हुँदै डोल्पा सडक खण्ड समेत भेरीलाइ भारी मात्रामा छोएको छ । केही दीर्घकालिन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । दुर्गम जिल्लाको पगरीबाट माथी उठनका लागि भारी ताकत लगाएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । केही विकासका मोडलहरु पुराना बनिबनोट भएपनि नयाँ समेत सकरात्मक दिशातीर बढेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो ।
प्रदेशबाट कुनै पनि वडा नछुटाइ विकास निर्माणको कुराबाट सम्वोधन भएको समेत सिंहले बताउनुभयो । फार्मेसी पढाइले जिल्लामै स्वास्थ्य जनशक्ति उत्पादन भइरहेको समेत सिंहले बताउनुभयो । भेरीलाइ अन्य पालिका भन्दा फरक देखिनु पनि आफैँमा चुनौतीको विषय छ । भेरीमा ७० प्रतिशत घरमा विद्युतीकरण पुगेको नेपाल विद्युत प्राविकरणले जनाएको छ । नेताहरु जन्माउने पालिका मध्यमा भेरी , १ नम्वरमा पर्दछ । नगरकै पहलमा बडालेखमा विमानस्थलको सम्भाव्यता देखि त्यहाँ पर्यटन प्रर्वद्धनका हिसावले बिभिन्न पहलकदमी लिइएको गैर सरकारी संस्था महासंघका सहदेब बस्नेतले बताउनुभयो ।










