मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली शान्ति सेनालाई प्रशंसापत्र

मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीले प्रशंसापत्र प्राप्त गरेको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) तेस्रो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प्रशंसापत्र प्रदान गरिएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार सो इलाकामा मंसिर २७ देखि पुस ८ सम्म सञ्चालन गरेको गस्ती ‘जबर–१’ तथा पुस ९ देखि हालसम्म सञ्चालन गरेको गस्ती ‘जबर–२’ का क्रममा त्यहाँ रहेका हतियारधारी समूहलाई नेपाली सैनिक टोलीले हटाउन सफल भएको हो ।





error: Content is protected !!