ज्यान बचाउन एमाले छोडे बस्नेत

जाजरकोट ः नेकपा एमालेका बलिया खम्बाको रुपमा रहेका बीरबहादुर बस्नेतले एमाले त्याग गरेका बताएका छन् । नेकपा एमालेको अधिवेशनमा आफूले जिल्ला कमिटि सदस्य मा उम्मेदवार दिंदा केही व्यक्तिले आफूलाइ तत्काल उम्मेदवारी फिर्ता नलिए ज्यान लिने धम्की दिएपछि आफूले उम्मेदवारी फिर्ता लिनका साथैँ एमाले नै छाडेको बस्नेतले बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एमाले छाडेको बताएका छन् । उनी यो भन्दा अगाडी गैसस महासंघ जाजरकोटका अध्यक्ष समेत भइसकेका थिए । जिल्लामा निकै सालिन ,भद्र स्वाभाव भएका बस्नेत मिलनसार भएको कुरामा स्थापित छन् ।



