मेला लगाउन विद्यालय बन्द

जाजरकोट / जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गते सम्मा विद्यालय बन्द गरि मेला लगाएको हो ।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिदा विद्यालय बन्द भएको हो । विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभएपनि सर्बदलिय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गइ निर्णय गराएपछि मेरो मात्र के लाग्छ र प्रचार्य भक्तबहादुर मल्लले भने । मेला लगाए बाफत विद्यालयलाइ रु ५० हजार दिएको समेत उनले बताए ।

कोभिडका कारण पढाइ लामो समय सम्मा बन्द भएर भर्खरै मात्र पढाइ सुचारु भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहोर गरेर वातावरण विगारेको भन्दै भेरी नगरपालिकाका निर्मित प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन् ।

कोभिडको नयाँ नयाँ भेरियान्ट आइरहेको बेला विद्यालय भित्र हजारौँ मानिस सहभागी गराएर के दुरदर्शी निर्णय गरेको होला भन्दै उनले थपेका छन् , आहा सरोकारवाला च्याम्पियन सबैमा हार्दिक बधाइ समेत लेखेका छन् । भेरी नगरपालिकाले दुइ वर्ष अघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो ।

राजा बीरेन्द्रको जन्मउत्सवमा लगाउदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो । मेला लगाउने भएपनि तल्लो थाप्लेमा ठाउँ हुँदा हुदै पनि विद्यालय भित्र नै लगाउनु र लगाउन बाध्य पर्नु सही नभएको सर्वसाधारणले बताएका छन् । भेरी ज्ञानोदय क्याम्पसमा वि एड प्रथम वर्षको परीक्षा चलिरहेकोले मेलामा होहल्ला हुँदा परीक्षा राम्रो सँग दिन नपाएको विद्यालय धर्म चन्दले बताए । उनले भने यो के गरेको होला अचम्म लागिरहेको छ ।





error: Content is protected !!