मुड्केचुला ७ गारापारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोल्पा /मुड्केचुला ७ गारापारीमा लु ३ त २६२५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मुड्केचुला ७ का ५० बर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका ५ का १९ बर्षीय लक्ष्मण न्यौपाने , मुड्केचुला ९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक वेपत्ता भएको प्रहरीले बताएको छ । जुम्लाबाट सर्मी आउदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।



