माओवादी महाधिवेशनमा प्रचण्डले भने – संशोधनविना एमसीसी पारित गर्न सकिँदैन

काठमाडौं ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संशोधनविना पारित गर्न नकसिने बताएका छन् ।

सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसी सम्झौता संशोधनविना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने बताएका हुन् । बन्दसत्रमा सहभागी एक प्रतिनिधिले भने, ‘एमसीसीबारे प्रस्टै छ, संशोधनविना कुनै हालतमा पारित गर्न सकिँदैन भन्नुभएको छ ।’ प्रज्ञा भवन कमलादीमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।





error: Content is protected !!