न्यानो कपडा वितरण गर्दै उपाध्यक्ष गाउँ , गाउँमा

नन्दा शाही
जाजरकोट /ः चिसो मौसममा एकल महिला सँग उपाध्यक्ष कार्यक्रम लिएर बारेकोट गाउँपालिकाकी उपाध्यक्ष गाउँ , गाउँमा व्यस्त भएकी छिन् ।
जिल्लाको सबै भन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकामा उपाध्यक्षको यो कार्यले यहाँका महिलाहरु खुसी भएका छन् । आर्थिक रुपमा पछि परेका एकल महिला तथा जेष्ठ महिलालाइ उपाध्यक्ष ओमा शाहीले गाउँ गाउँमा गएर न्यानो कपडा वितरण गरेपछि महिलाहरु खुसी भएका हुन् ।

श्रीमान् नभएको अवस्थामा पनि महिलालाइ अभिभावकत्व दिनका लागि यो अभियान चलाएको बताइन् । न्यानो कपडा लिएर घर ,घरमा जाँदा एकल महिलाहरु आँखाबाट आँसु झार्दै हाम्रो अभिभावक भएको भन्दै पीडा सुनाएको उनले भनिन् । यो भन्दा अगाडी गाउँ गाउँमा सचेतना मुलक कार्यक्रम सहित रु ५०० र हजार दिनको सुत्केरीलाइ बिभिन्न सामग्री समेत उपलव्ध गराएको उपाध्यक्ष शाहीले बताइन ।

उनले भनिन , ‘ श्रीमान् नभएर के भयो त ? हामी महिलाले महिलाको लागि धेरै काम गर्नुपर्ने छ । जसले पीडा भोगेको छ उसैले नै सबै कुरा थाहा पाउने गर्छ । हामी महिला कम्जोर होइन , संसार हाँक्न सक्छौँ भन्ने र स्थानीय सरकार भएको अनुभूती गराउन आफूले यो अभियान चलाएको हो ।’ गाउँपालिका भरि ६०० जना महिलालाइ सो न्यानो कपडा दिने भन्ने थियो तर अहिले संख्या बढेर ८०० जती पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।





error: Content is protected !!