प्रचण्डले मुलुकको नेतृत्व गरिरहेको बेला पार्टीको अध्यक्ष के ठुलो भयो र ? शक्ति बस्नेत

नेकपा ( माओवादी केन्द्र ) स्थायी कमिटिका सदस्य शक्तिबहादुर बस्नेतले माओवादी अध्यक्षको पुजा नभइ आलोचना स्वयम अध्यक्षले गरेका बताउनुभयो ।

उहाँले माउण्टेन टेलिभिजनसँगको अन्तरर्बार्तामा दिँदै यो कुरा बताउनुभएको हो । किन माओवादीले वली जस्तै पुजा गरेको हो भन्ने पत्रकारको प्रश्नमा बस्नेतले भन्नुभयो , “हामीले व्यक्तिको पुजा नगरेको बरु अध्यक्ष आफैँले आफ्नो आलोचना गरेको देख्नुभयो नि । नेतृत्वले आफूले आफूलाइ आलोचना गर्ने कुरालाइ देवत्वकरण भनेर कहि मिल्छ उहाँले भन्नुभयो । बस्नेतले माओवादी बाहिर रहेका दलसँग लक्षित गदै भन्नुभयो , “२०५२ साल अनि त्यही कुराको मात्र रटान गरेर भन्दा नयाँ विश्लेषण गरेर अगाडी बढ्नको विकल्प नभएको उहाँले बताउनुभयो । महाधिवेशनमा जे देख्नुभयो , जे कुरा व्यक्त भए त्यो कुराले कुराको संकेत गर्छ तपाइले थाहा पाउनुभयो नि बस्नेतले थप्नुभयो ।

सुरुमा सम्मलेन भन्ने थियो सबैलाइ बोलाउने भन्ने नै थिएन पछि अधिवेशनमा परिणत भएकाले सबैलाइ निम्तो पठाउन ढिला भएको उहाँले भन्नुभयो । नेपाली मौलिकताको क्रान्ति सम्पन्न भएपछि हामीले नेपाली जनताले चाहेको व्यवस्था एवं सोही अनुसारका दल हुनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । मुलुकुको नेतृत्व गरिरहेको प्रचण्ड एउटा दलको नेतृत्व गर्नु प्रचण्डका लागि के ठुलो भयो उहाँले भन्नुभयो ।





error: Content is protected !!