कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कांग्रेस सह महामन्त्रीमा पराजित , सरकारमा समेत फेल हुने खतरा

सुर्खेत ः नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका छन् । चुनावकै कारण कर्णाली प्रदेशको मन्त्रीपरिषद विस्तार गर्न फलामको चिउरा चपाएझैँ थला परेका शाही उत्ता दलको आन्तरिक चुजावमा समेत पराजित भएका छन् ।

उनीसँग चुनावमा भिडेका बद्री पाण्डे निर्वाचित भएका छन् । उनीले सरकार विस्तार गर्न नसक्ने कर्णाली प्रदेश सरकार मताहातमा रहेका भारी कार्यालय अहिले काम बिहिन भएका छन् । उनी दलको चुनावमा मात्र होइन , सरकारमा समेत असफल हुने खतरा बढेको छ ।

मुख्यमन्त्री शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएसँगै नैतिकता आधारमा राजिनामा आउनुपर्ने माग समाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । शाहीको पक्षमा बचाउने गर्नेको संख्या सामाजिक सञ्जालमा कमै देखिएको छ ।

शेखर कोइराला समूहका पाण्डेले २४ सय ११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१ सय ३३ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाउनुभयो ।

उनी मुख्यमन्त्री भएयत्ता जिल्लामा भ्रमण र लेखाअधिकृतहरुको सरुवा बाहेक अन्य काम केही नभएको कांग्रेसकै नेता तथा कार्यक्रताहरु बताउँछन् । ५९ जनालेखा अधिकृतको सरुवा गर्दा कर्णाली प्रदेशमा माओवादी सरकारले गरेका कामको समेत भुक्तानी दिन समेत अवरोध सिर्जना भएको छ । भएको कामको भुक्तानी लिन नपाएका सेवाग्रही शाही सरकारसँग आक्रोषित भएका छन् ।





error: Content is protected !!