कर्णाली सरकारले मन्त्रीमण्डल विस्तार नगर्दा दैनिक समस्य हुँदै

सुर्खेत ः नेपाली कांग्रेसको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार लामो समय देखि मन्त्रीमण्डल विस्तार नहुँदा दैनिक काममा समस्य हुँदै आएको छ ।

आफू अनुकूल मन्त्रालय फुटाउने त कहिले सरकार विस्तार नै नगर्ने परिपार्टीले काममा बाधा पुगेको छ । मन्त्री नभएका मन्त्रालय मताहातमा रहेका कार्यालयहरुले जिल्ला स्तर सम्माको काम दिन नसक्दा सेवाग्रही दैनिक सदरमुकाम आएर फर्कने गरेको गुनासो आएको छ । कांग्रेस नेतृत्वको कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री जीवनबहादुर शाही , माओवादीबाट विन्धमान विष्ट , नेकपा ( एकीकृत समाजबादी ) बाट चन्द्रबहादुर शाही लाइ सरकारमा पठाएको छ । बाँकी सबै मन्त्रालय मन्त्री बिहिन अवस्थामा छन् ।

मन्त्री नभएका मन्त्रालयमा काम नहुँनुको साथै जिल्लामा त्यसको प्रभाव परेको छ । शाही नेतृत्वको सरकारले एकै पटक भारी मात्रामा लेखा अधिकृत सुरुवा गर्दा प्रदेश स्तरका कार्यालयले काम गरेको समेत भुक्तानी दिन सकेका छैनन् । लामो समय सम्मा मन्त्रीमण्डल विस्तार गर्न नसक्नेले अरु के गर्न सक्लान भन्दै प्रश्न खडा भएको छ ।





error: Content is protected !!