सिटिजन बैंकको बाथरुममा वेहोस भएकी नर्सको मुत्यु

जुम्ला ः सिटिजन बैंक शाखा जुम्लाको बाथरुमा नुवाउदै गरेकी नर्सको मुत्यु भएको छ । कोलपुर उपमाहा नगरपालिका ११ कोलपुरकी २६ वर्षीया अनुपमा क्षेष्ठको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ बिहीबार दिउसो सिजिजन बैंकको बाथरुमा नुवाउन गएकी थिइन ।

बाथरुममा नुवाउन गएकी उनी बाथरुममै वेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले कर्णाली स्वास्थ्य बिज्ञानमा उपचारको लागी लगेका थिए ।बाथरुमै वेहोस भएकी श्रेष्ठलाई प्रतिष्ठानको आईसियुमा राखीएको थियो ।२४ घण्टा आइसियुमा राख्दा उनको होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत घोषण गरेको हो । मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु रस्यमय भएको भन्दै प्रहरीमा जाहेरी दिने भएका छन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायवउपरिक्षक नरेन्द्र चन्द्रले प्रहरीले कानुनी प्रक्रिया पुरा गरी अनुसन्धान पाटो अगाडी बढाउने बताए । उनले भने मृतकका आफ्न्त आएका छन ,आफ्न्तको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अगाडी बढाउने छ ।यता सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बैनी भएकाले आफ्नो बैंकमा नुवाउन आएको बताए । उनले भने, हामी सबै बैंकको स्टाप अफिसकै कामकाजमा ब्यक्त थियौ ।

बाथरुमा आएर वेहोस भएको थाहा भएपछि प्रतिष्ठानमा लगेको बताए । उनले भने अरु बैैंकका कर्मचारी बाथरुम जादा ढोका बन्द थियो । ढोका फुटाएर उपचार गर्न लगेका हौ ।





error: Content is protected !!