पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ मङ्सीर ः सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा–बुटवल सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ । सो राजमार्ग अन्र्तगत सडक चौडा गर्न पन्ध्र दिन सडक बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार मङ्सीर २८ गते देखि पुस १३ गतेसम्म राति ९ः३० देखी विहान ४ बजेसम्म सडक बन्द हुने भएको हो । सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म सडक चौडा बनाउन र पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।





error: Content is protected !!