पहिलो पटक ः रिग्मो गाउँमा गर्भवतीलाइ स्वास्थ्य परिक्षण

डोल्पा / उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको रिग्मो गाउँमा गर्भवतीलाइ (भिडियो एक्सरे) निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो तालको छेउमै रहेको रिग्मो गाउँका महिलाहरुले पहिलो पटक घर छेउमै स्वास्थ्य परीक्षण गराएको बताएका छन् ।

डोल्पाको टासीडि नामक संस्थाको सहकार्यमा बोदिसतो बिहार र कान्छी मायाँ तामाङ फाउण्डेशनको सो सेवा उपलब्ध गराएको हो । गर्भवती हुँदा स्वास्थ्य परीक्षण नगराउन नपाउने उपल्लो डोल्पामा महिलाहरु पहिलो पटक घर नजिकै गर्भवती जाँच देखि अन्य स्वास्थ्य परीक्षणको सुविधा पाएपछि निकै खुसी भएको कान्छीमायाँतामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए ।

घरको आँगनमै आएर सेवा दिने लाइ धन्यवाद दिदै पहिलो पटक उपचार पाउदा खुसिको सिमा नरहेको स्थानीय गर्भवती महिला साङमु रोकायाले बताईन । उनले भनिन , ‘ गर्भवती हुदा भिडियो ऐक्सरेको लागि दुई दिन हिडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो थियो , तर हामी टाढा भएकाले कहिले पनि गएका थिएनौं । ’

तामाङका अनुसार ४० जना गर्भवती महिलाको भिडियो ऐक्सरे र ग्यास्टिक,पाठेघर खसेका,घुडादुख्ने जस्ता रोगका बिरामी गरि १५० जनाको उपचार गरिएको छ । बोदिसतो बिहार,कान्छिमाया तामाङ फाउण्डेशनले करिब ३ लाख रकमको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्य चौकिमा हस्तान्त्रण गरेको तामाङले बताए ।

टासि डि संस्थाको रोहवरमा एक जना पारा मेडिक्सलाइ तालिम दिएर मेसिन हस्तान्त्रण गरेको र अब फोक्सुण्डोका गर्भवती महिलाहरुले दुनै आउनुपर्ने बाध्यताबाट छुट्कारा पाएको समेत तामाङको दावी छ । भिडियो ऐक्सरेकै लागि सदरमुकामदुनै धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरेको निमासाङमो रोकायाले बताए । १० लाखमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।





error: Content is protected !!