तीन दिन पछि बल्ल २११ प्रदेश सदस्यको नाम घोषणा गरिँदै


सुर्खेत ः नेकपा (माओवादी केन्द)्रको प्रथम प्रदेश अधिवेशनले २११ प्रदेश सदस्याको नामावली अनुमोदन गर्न लागेको छ । सहभागीले सो अनुमोदन गरेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी अन्य पदाधिकारीको विषयमा छलफल गर्ने नेता कालीबहादुर मल्लले जानकारी दिनुभयो ।

यद्यपी अध्यक्षका दाबेदार राजकुमार शर्माले आफूले अध्यक्षको पद छाडेका जस्तै आशयमा स्टाटस लेखेर बाइ, बाइ लाल सलाम भन्दै सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका छन् । अध्यक्षमा उहाँ लगाएत तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही , जुझारु यूवा नेता रामदिप आचार्य , नरेश भण्डारी , टेकबहादुर बस्नेतले दावी गर्नुभएको छ । प्राप्त खवर अनुसार पदाधिकारी समेत फाइनल भइसकेको छ ।





error: Content is protected !!