माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

त्यस्तै, बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीकोतर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रवक्ता महराले भने, ‘केन्द्रीय सदस्यहरु स्वेच्छाले कोही तल प्रदेशमा जान चाहान्छन् भने उनको इच्छाको कुरा भयो । तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरु तल जानको लागि बल नगर्ने ।’





error: Content is protected !!