हुम्लामा सेनेटरी प्याड बैंक स्थापना

हुम्ला / हुम्लाको सदरमुकाम सिमकोटमा सेनेटरी प्याड बैंकको स्थापना गरिएको छ। हेड नेपाल नामक गैरसरकारी संस्थाको आयोजनामा पहिलोपटक रेना सेनेटरी प्याड बैंकको स्थापना गरिएको हो।

हुम्लामा सेनेटरी प्याडको महँगो मूल्यका कारण यहाँका महिला महिनावारीको वेला समस्या भोग्न बाध्य भएको संस्थाको हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले जानकारी दिए। हुम्ला सडक सञ्जालसँग नजोडिनुले पनि सेनेटरी प्याड दुई तीन गुणा महँगो भएको लामाले बताए । यति र तारा एयरलाइन्सले रायना सेनेटरी प्याड बैंक सञ्चालन गर्न निःशुल्क यातायात उपलब्ध गराउने सहमति भएको लामाले जानकारी दिए।

जिल्लास्थित डोमा जनरल स्टोर, न्यु हिमालयन ट्रेडिङ हाउस र विश्व जनरल स्टोरबाट सहुलियत मुख्यमा सेनेटरी प्याड लिन सकिनेछ। योसँगै हुम्लाका पिछडिएका समुदायका महिनावारी भएका महिलालाई सेनेटरी प्याड पहुँचयोग्य र सहुलियत मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ।





error: Content is protected !!