जनगणना अन्तिम चरणमाःकतै तपाई छुट्नु त भएन ?

जाजरकोट ः मेरो सहभागिता मेरो गणना भन्ने मुल नाराका साथ गत कार्तिक २५ गते देखि देशभर शुरु भएको जनगणना मंसिर ९ गते सकिदैछ । जाजरकोटमा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ ।
जाजरकोटमा यस पटक करीव दुई लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ । २०६८ अनुसार जाजरकोटको कुल जनसंख्या एक लाख ७१ हजार तीन सय चार थियो । यस पटक एक लाख ९० हजार देखि दुई लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार सात सय ७३ र पुरुष ९४ हजार पाँच सय ५० तथा अन्य लिङ्गी ७ जना रहेको र केही थपघट हुन सक्छ ।

२०६८ मा महिला ८५ हजार ७ सय ६७ र पुरुष ८५ हजार ५ सय ३७ थिए । यस अघि महिलाको जनसंख्या बढी देखिएकोमा यस पटक पनि महिलाको संख्या केही बढी हुनेछ । ३० हजार चार सय ४२ घरधुरी रहेकोमा यस पटक ३३ हजार हाराहारीमा घर र ३७ हजार तीन सय परिवार हुने प्रक्षेपन गरिएको छ । जाजरकोटमा कुल घरको संख्या भने करीव ४६ हजार रहेको छ । जिल्लामा ३७ हजार परिवार मध्य करीव ३३ हजार परिवार कृषि पेशामा आश्रित छन् । भाडामा बस्ने केही बाहेक सवैको विवरण गणकले संकलन गरिसकेको निर्वाचन अधिकारी बोहराको भनाई छ ।

छुटले बुधवार सम्म विवरण टिपाउन सक्ने छन् । जिल्लामा जनागणना गर्दा कुनै बाधा अवरोध नभएको उनको भनाई छ । जनगणनामा दुई सय ४० जना गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए । जिल्ला सदरमुकाममा जिल्ला जनगणना कार्यालय स्थापना गरेर शुरु गरिएको जनगणनाका स्थानिय जनगणना कार्यालय छेडागाडको मनघाट र नलगाडको दल्लीमा स्थापना गरिएका छन्  प्रवाहमा छापिएको छ ।





error: Content is protected !!