डोल्पा कांग्रेस सभापतिमा शाही बिजयी

जाजरकोट , ८ मंसिर ः नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही बिजय भएकाछन् । उनी २ सय ३७ मत ल्याएर बिजयी भएकाहुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही बिजयी भएका हुन् ।शाही देउवा प्यानलका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याएका छन् ।अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दूध कुमारी हमालले ११ मत ल्याएर पराजित भएका छन्। दुई सिट रहेको उप–सभापतिमा २ सय ४४ मत सहित पुर्ण शाही बिजयी भएका छन् ।लब कुमार शाही पनि २ सय १० मत ल्याएर बिजयी भएकाछन् ।उप सभापतिमा निर्वाचित दुबै शाही देउवा प्यानल हुन् ।
उप–सभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भएकाछन् ।

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय बिजय भएका छन् ।सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भएका छन् । सह–सचिवमा लक्ष्मण बहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर बिजयी भएका छन् ।  सह–सचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भएका छन् ।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही,बुढा,उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नव निर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् । अहिलेसम्मको डोल्पा कांग्रेको सैद्धान्तिक राजनीतिक नेतृत्व अब निर्माण व्यवसायीको हातमा गएको बताइएको छ । शाहीको केही दिन अघिसम्ममात्र पनि सभापतिमा लड्ने कुनै संकेत नभएपनि एकाएक सभापतिमा मनोनयन दर्ता गरेपछि नेता कार्यकर्ता चकित परेका थिए ।





error: Content is protected !!