जाजरकोटमा अक्सिजन उत्पादन सुरु

जाजरकोट -स्वास्थ्य सेवा कार्यालय जाजकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्धारा अक्सिजन उत्पादन सुरु भएको छ । आज पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतद्धारा उद्घाटन भएसँगै औपचारिक रुपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डरहरुमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख टिकाराम जैसीेले बताउनुभयो । कम्तिमा १० वर्ष सम्मा यो पलान्टद्धारा अक्सिजन उत्पादन हुने उनले जानकारी दिनुभयो । ८० लाखमा खरिद गरिएको उक्त पलान्टले छिमेकी जिल्लालाइ समेत राहत पुग्ने छ । बिभिन्न समयमा समस्यले गाजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेत समेत देखिएका छन् ।

५० शश्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी रहेको छ । झण्डै ३२ करोडमा नयाँ अत्यधुनिक भवन निर्माण कार्य जारी रहेको छ । भवन निर्माण कार्य ७० प्रतिशत पुरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल रहेको छ । कर्णाली प्रदेश सरकारको मताहातमा स्वास्थ्य सेवा कार्यालय भएपनि संघीय बजेटमा यो पलान्ट खरिदका काम भएको हो ।

जिल्लाको स्वास्थ्य समस्य समाधान उन्मुख पुर्वमन्त्री बस्नेत
जिल्लाको स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउनका लागि आफू सधैं सक्रिया भएको पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अक्सिजन पलान्टको उद्घाटन गर्नुहँुदै उनले भने ,‘ अहिले नयाँ भवन निर्माण कार्य जारी रहेको छ , हामी जनशक्ति समेत थप्दै छौँ । ८ वर्ष भित्र जाजरकोटको स्वास्थ्य क्षेत्रमा भारी सुधार आएको छ । ’

जनयुद्ध कालिन समयबाट शान्ति प्रक्रियामा आएपछि मात्र जाजरकोटमा विकासको लागि काम भएका थिए । दुर्गम जिल्लाको सूचीमा रहेको जाजरकोट विस्तारै सुगमताको मार्ग तीर गइरहेको मन्त्री बस्नेतको दावी गरे । जिल्लाको टेलिफोनको समस्या अबको केही दिनमा समाधान हुने भन्दै विद्युतीकरण गर्नका लागि केन्द्रीय स्टोरमा समेत मौदजात सामग्री नभएकोले एक महिना भित्र आपुर्ती गरि काम हुने बताए ।

आज उहाँकै निर्देशनमा बाँकी रहेका कामहरु तत्काल गर्नका लागि निर्माण व्यवसायीलाइ फिल्डमा खटाएको विद्युत प्राविकरण जाजरकोटका प्रमुख गोपाल ठाकुरले बताए । सडक निर्माणका लागि बोलपत्र आवह्वानका काम जारी रहेको र कामहरु समेत गतीमा गएको पुर्वमन्त्री बस्नेतले बताए । जाजरकोटको कुशेबाट जुम्ला जोड्का लागि सुरुङको डिपिआरको काम सुरु भएकोले त्यो रिर्पोट आउन बित्तिकै सुरुङ निर्माण कार्य सुरु हुने बताए ।





error: Content is protected !!