सधैं टिकटको सास्ती

हेमन्त केसी
डोल्पा  , ७ मंसिर ः फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुग्नुभएकी कलाकार लक्ष्मी गिरीलाइ जुफाल विमानस्थलमा टिकट पाउन दुइ दिन लाग्यो । बल्ल दुइ दिन पछि टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडौँ गइन ।

दुइ दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाइ हवाइ मार्गबाट उडानका लागि होटलका सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपरर्यो । दुइ दिन पछि गिरीलाइ बल्ल बल्ल टिकट पाइएपछि नेपालगन्ज पठाएकोमा डाँगीले खुसी व्यक्त गरे । गिरी जस्तै बुटवलका रमेश न्यौपाने जुफाल विमानस्थलमा टिकटका लागि ४ दिन बस्नुपरेको बताए । उनले भने ,‘ चार दिन पछि मात्र बल्ल टिकट निकै सकसका साथ पाइयो , आकाशमा बादल देखिन वित्तिकै यहाँ हिउँ पर्न सुरु हुदोरहेछ । चिसोको मात्रा पनि धेरै रहेछ । अनलाइनबाट टिकट दिने भएमा सजिलो हुन्थ्यो होला , तर यहाँ यात्रु धेरै हुँदा प्राथमिकताका आधारमा जहाजमा जान पाइदो रहेछ । ’

विहान ४ बजे देखि नै विमानस्थलको मुल ढोकामा टिकटका लागि यात्रुहरु भारी लाइन लागेर जागराम बसीरहेका हुन्छन् , टिकट भए सबैलाइ दिन मन हुन्थ्यो तर के गर्नु समिट एयरका प्रमुख पुर्णजंग शाहीले भने ,‘ हामीसँग जम्मा १७ वटा सिट हुन्छ , त्यसमा विरामी , महिला र अन्य सबै मिलाउदा भनेको जती उडाउन सकिदैन । तर पनि जती सक्दो मिलाउने काम भइरहेको छ । ’

यहाँका अनुसार समिटले दिनमा एक वटा जहाज डोल्पाका लागि उडान भर्ने गर्दछ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउदा ठुलै युद्ध जिते झैँ हुने यात्रुहरु बताए । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिडेका कर्णाली प्रदेशका इन्चार्ज धुर्वविक्रम बुढाथोकीले नेपालगन्ज विमानस्थलमा र जुफाल विमानस्थलमा यात्रुहरुको चाप देख्दा आफू अचम्ममा परेको बताए । उनले भने,‘ सडक मार्गबाट राम्रो भएको भए सायद हवाइ मार्गबाट यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्था समेत खासै राम्रो छैन । हामी जहाज चढ्दा समेत धेरै महेनत गर्नुपरेको थियो । ’

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक पर्यटकहरु हवाइ मार्गबाट नै नेपालगन्ज झर्ने भएकाले यात्रुहरुको चाप हुने गर्दछ । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा ९ हजार भन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगन्ज आउदा ५ हजार बढी हुन आउने गर्दछ । जती महंगो टिकट भएपनि भनेको टिकट नपाउदा यात्रुहरुले समस्या भोग्दै आएका छन् । पत्रकार महासंघ डोल्पाका सचिव लेखबहादुर बुढा भने , ‘टिकट हातमा परेपनि ढुक्क हुने अवस्था छैन , किनकी यहाँ सिकिस्त विरामी आएमा हामी झरेर पनि विरामी राखेर लिनुपर्छ । ’

डोल्पामा निजी क्षेत्रका दुइवटा हवाइ कम्पनीले उडान भर्दै आएका छन् । समिट , ताराले मात्र डोल्पामा उडान एक , एक फलाइट उडान भर्दा यात्रुहरुको चाप बढेको छ । नेपाल एयरलाइन्सले डोल्पामा उडान नगरेको झण्डै दुइ वर्ष हुन थालेको छ । यात्रुहरुको चाप हेरेर उडान संख्या थप्नुपर्ने माग डोल्पाबासीको रहेको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थलमा रहेको छ तर सञ्चालनमा रहेको छैन । कच्ची रहेको जुफाल विमानस्थल केही समय अगाडी मात्र स्तरउन्नती गरि पिच गरिएको थियो । तर पिच गरिएको दुइ वर्ष नवित्दै धावनमार्ग चरा,चरा परेर जहाजहरु अवतरण गर्दा समस्य भइरहेको विमान कम्पनीले बताएका छन् । जुफाल विमानस्थलमा मुस्किलले जहाज अवतरण गरिहेको बताएको छ । जुनसुकै बेला समस्य आउन सक्ने कम्पनीले दावी गरेका छन् ।

सडकको स्तरउन्नतीको ढिलाइले हवाइमार्ग रोजाइ
जाजरकोट – डोल्पा सडक खण्डको ११८ किलोटिर लम्वाइ मध्य १७ किलोमिटर सडकको स्तरउन्नतीको काम दुइ वर्ष देखि सुरु भएपनि अझै पुरा भएको छैन ।

सडक खण्डको बीचमा रहेका झण्डै १३ वटा पुल मध्य जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भएपनि डोल्पा खण्डमा निर्माण पुरा नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक पिचको लागिको आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुइ वर्ष वित्तेपनि पुरा भएको छैन । साइटमा कटिङको काम भएपनि एक मिटर पनि पिच गरिएको छैन ।

रिम्नाबाट तल्लु सम्मा सडकलाइ स्तरउन्तती गर्नका लागि ठेक्काको अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख धुर्व झाले बताए । यि खण्डमा अघिल्लो वर्ष नै निर्माण कार्य पुरा गर्ने भनिएका पुलहरु यो वर्ष पनि निर्माण हुने कुरामा शंका पैदा भएको छ । निर्माणको गती हेर्दा पुल यो वर्ष पुरा नहुँदा देखिएको डोल्पाका प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए ।





error: Content is protected !!