कर्णालीमा को को बन्लान् मन्त्री ? बिन्दमानको नेतृत्वमा माओवादी मन्त्री सहभागी हुने

सुर्खेत ः महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । शाही नेतृत्वको सरकार बन्ने भएपछि मन्त्रालय बाँडफाँडबारे छलफल बढिसकेको छ ।
कर्णालीमा नेकपा माओवादी केन्द्रले ४ मन्त्रालय मागेको छ । मुख्यमन्त्री छाडेकाले माओवादीले त्यस्तो माग गरेको हो । नेपाली काँग्रेसबाट हिमबहादुर शाही र दिनबन्धु श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ । श्रेष्ठ बहालवाला मन्त्री पनि हुन् ।
नेकपा माओवादी केन्द्रबाट बिन्दमान बिष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने बुझिएको छ । गणेशप्रसाद सिंह, चन्द्रबहादुर शाही र देवी ओली मन्त्री बन्ने सम्भावना बलियो छ ।
नेकपा एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बन्ने निश्चित छ । नेकपा एसबाट कर्णाली प्रदेशमा ३ सांसद रहेकोमा सबैलाई मन्त्री बनाउने प्रयास माधव नेपालले केन्द्रबाट नै गरिरहेका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत जाजरकोटकै भएका कारण यो पटकको मन्त्री मण्डलमा गणेशप्रसाद सिंह मन्त्री बन्ने पक्कापक्की भएको छ । यो भन्दा पहिला कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा रहदा रुकुम पश्चिमबाट विमला केसी र गोपाल शर्मालाइ मन्त्री बनाइ सकेका छन् ।
जाजरकोटले अहिले सम्मा प्रदेशमा मन्त्री पाएको छैन । जिल्लामा राम्रो जनमत भएका र कांग्रेस , एमालेले पनि रुचाउने नेता मध्यमा सिंह पर्दछन् । आउदो चुनावमा प्रतिनिधिसभाको एक सिटमा शक्तिबहादुर बस्नेत नै उम्मेदवार हुने र त्यसलाइ राम्रो जनमत भएका गणेसप्रसाद सिंहले नै सघाउने भएकाले सिंह मन्त्री बन्ने पक्का भएको हो । सिंह सांसद भएदेखि धेरै कांग्रेस एमालेका कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।



