दुईसातादेखि अवरुद्ध सिमकोट-खार्पु सडक खुलेन


हुम्ला / दुईसातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट – खार्पु सडक खण्ड सञ्चालन आउन सकेको छैन । अविरल वर्षाले ठाउँ ठाउँ पहिरो जाँदा सडक दुईसातादेखि अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुदाँ सिमकोट(खार्पु खण्डमा साना बोलेरो जिपहरू दुईसातादेखि बन्द भएका हुुन । सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावत समस्या भएको चंखेली गाउँपालिका-५ स्थानीय जसिलाल तामाङले गुनासो गरे।
याङचुदेखि सिमकोटसम्म १०देखि १२ स्थानमा पहिराले सडक अवरुद्ध तामाङले बताए । दुईसाता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउदाँ आवतजावत गर्न स्थानीयले समेत कठिन भएको खार्पुनाथ गाउँपालिका – ५ का प्रकाश बहादुर शाहीको भनाई छ ।
पूर्वाधार विकास कार्यालयको जिम्मा रहेको यो खण्ड चासो नदेखाएपछि यात्रा गर्न समस्या भएको छ । सडक क्षतविक्षतको पहिरो पन्छउने काम ढिलासुस्ती हुदाँ सिमकोट- खार्पु १३ किलोमिटर सडकमा यात्रुहरूले सास्ति भोग्न बाध्य छन । स्थानीय प्रशासन र सरोकारवाला मौन देखिएका छन । सिमकोट देखि हिल्सा सम्म सडकको पहिरो पन्छउने जिम्मा हिल्सा सिमकोट सडक योजना रहेको छ ।
९० किलोमिटर सडक पहिरो पन्छाउने काम हिल्सा सिमकोट सडक योजनाले कामको सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजना प्रमुख विसुन दास लामाले जानकारी दिए । सिमकोट- खार्पु खण्डको जिम्मा पुर्वाधार विकास कार्यालयको जिम्मा भएको सडक योजना प्रमुख लामाको भनाई छ । हिल्सा सिमकोट जिम्मा सडकले लिएको छ खार्पु सिमकोट पूर्वाधार कार्यालयको रहेको लामाको भनाई छ ।








