डोल्पामा जहाज टिकटमा पाइलट र कर्मचारीको हालीमुहाली

हेमन्त केसी

डोल्पा  / डोल्पामा जहाज टिकटमा चलखेलः पहुँचवाला एकै दिनमा उड्छन्,सर्वसाधारण हप्तौसम्म एयरपोर्टमै छुट्छन् ,कर्णालीमा जहाज टिकट पाउन सिडिओदेखि मन्त्रीसम्मको पावर लगाउनुपर्छ

कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरुमा आवतजावतका लागि सडक यातायातको राम्रो सुविधा छैन् । विकट जिल्ला डोल्पा र मुगुमा सडक जोडिएपनि सडक स्तरउन्नति नहुनुका साथै पक्की पुलहरु नबन्दा दर्जनौँ ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यसकारण पनि कर्णालीका जिल्लामा सडकमार्गबाट यात्रा गर्न जोखिमसँगै अत्यन्तै झन्झटिलो पनि छ । कर्णालीमा सडकको विकल्प हवाइ यातायात हो ।जहाजमा सजिलै र छोटोसमयमै विशाल पहाड छिचोल्दै गन्तव्यमा पुग्न सकिने भएकाले कर्णालीका नागरिकहरु हप्तौँ कुरेर भएनि जहाजनै रोज्ने गर्दछन् ।

पैसा तिरर पनि सजह रुपमा जहाज चढ्न कहिले पाइएला ?
पैसा हालेर पनि जहाज चढ्न पावर नै लगाउने पर्ने भएपछि डोल्पा जाने र आउनेलाइ नरमाइलो लाग्न थालेको छ । पावर हुन साथ जस्तोसुकै व्यक्ति जहाज चढन पाउने भएपछि सर्वसाधारणलाइ भने समस्या हुँदै आएको छ ।

सडक मार्ग मार्फत डोल्पा जाँदा दर्जन ठाउँमा पुल , पुलेसा नहुँदा झनझट हुँने भन्दै हवाइ मार्ग रोज्ने अधिकांश सर्बसाधारणलाइ टिकटमै पावर प्रयोग हुँदा पीडा हुने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका विशाल उपाध्यायले बताए । जहाज चढ्न ठिक्क भएको समयमा अर्को पावरवाला व्यक्ति आउन बित्तिकै सर्बसाधारणलाइ सो टिकट मात्र थमाएर अर्को व्यक्तिलाइ जहाजमा चढाउने काम हुँदै आएको उपाध्यायले बताए ।

टिकट वितरणमा कुनै पनि सिस्टम नभएकोले यस्तो समस्या आएको सर्बसाधारणहरु बताउँछन् । फोक्सुण्डो घुम्न आउनेले जहाजका पुरै टिकट लिने गरेकोले समस्या भएको समिट एयरले जनाएको छ । सबै भन्दा बढी डोल्पामा समिटले नै उडान भर्दै आएको छ । विरामी तथा अशक्तलाइ जथाभावी टिकट वितरणले समस्या भएको जुफाल विमानस्थलमा कार्यरत एक सुरक्षाकर्मीले बताएका छन् । सिधैं सांसद , पालिकाका अध्यक्ष , मेयरका फोन आउछन् के गर्नु हाम्रो पनि व्यवसाय हो ?टिकट विवरण गर्दै आएका एजेन्सीका सञ्चालकले बताए ।

टिकट वितरण कार्य नेपालगन्ज तथा जुफाल दुबैबाट बदमासी हुने गरेको सरोकारवाला बताउँछन् । चेक विना नै जहाजमा यात्रुहरु हुलेर यात्रा गराइदै आइएको छ । त्रिपुरासुन्दरी नगरपालिका पहाडाका रणबहादुर पहाडीले पाँच दिन कुर्दा सम्मा आफूले टिकट नपाएको बताए । उनले भने ,‘ म सँगै आएको एक साथी मन्त्रीको मान्छे हुनुरहेछ , आफू आएकै दिन भनसुनबाट जुफालबाट नेपालगन्ज उडे । मेरो त कोही पनि थिएन , म स्थलमार्गबाट नेपालगन्ज गए ।’

आमालाइ उपचारका लागि जानुपर्ने भएर मैले लाख पटक आग्रह गर्दा पनि जहाजका मान्छेले सुनेनन उनले थपे । डोल्पा देखि जाजरकोट जाने सडक समेत बीचमा भत्केका कारण धेरै दुख पाउनु पर्र्यो हाम्रा पीडा कसले सुन्ने पहाडीले पीडा सुनाए । डोल्पामा पैसा भएर पनि काम नलाग्ने गरेको सर्बसाधारणहरु बताउँछन् । पहुँच हुनेले उद्यारो समेत जहाज एकै छिनमा उड्ने गरेका अर्का डोल्पोबुद्ध गाउँपालिकाका छ्याङसी भोटले बताए । उपल्लो डोल्पा त झन केही कुराको पनि पहुँच छैन उनले भने ,‘ सडक छैन , बत्ती छैन र भनेको बेला फोन समेत गर्न पाइदैन । लाखै रकम खर्च गरेर हेलिकोप्टर उडाएपछि मात्र ज्यान बच्छ ।’

यत्ता प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले टिकट वितरण अव्यवस्थित रहको पाइएको छ , सबैलाइ बोलाएर बैठक राखि व्यवस्थित गराउने मेरो मुख्य पहिलो उदेश्य रहेको बताए । उनले भने ,‘ जहाज मात्र होइन, गाडीमा समेत समस्या रहेछ , सबैलाइ बोलाएर छलफल हुन्छ , हामी जनतालाइ दुख नदिने तरिकाले तत्काल काम गर्दै छौँ । ’

सडक मार्ग व्यवस्थित गर्नुपर्ने

जाजरकोट –डोल्पा सडक खण्डको डोल्पामा मात्र सडक सञ्जाल व्यवस्थित गर्न सके धेरै कामहरु सजिलै हुने डोल्पालीहरु बताउँछन् । ११८ किलोमिटर रहेको यस सडक खण्डमा पुल निर्माण हुन धेरै ठाउँमा बाँकी रहेको छ ।

जाजरकोट खण्डमा अधिकांश पुलहरु निर्माण भएपनि डोल्पामा निर्माण कार्य जारी रहेको छ । ५२ करोड बजेट डोल्पा सम्मा सडक निर्माणका लागि बिनियोजन गरिएको छ । जाजरकोटको पासागाड देखि रिम्ना सम्मा पीचको काम सुरु गर्ने भनिएपनि दुइ वर्ष देखि कटिङको काम मात्र भएको छ ।

यो आर्थिक वर्षमा जाजरकोटको तल्लु सम्मा पीचको लागि बोलपत्र हुन लागेको छ । वातारण प्रभाव मुल्याकंन सकिएले अब ठेक्का लाग्ने सडक डिभिजन चौरजहारीले जनाएको छ ।
हेमन्त केसी





error: Content is protected !!