जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो

हुम्ला  / जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षीय वीरजित शाही दीर्घरोगका बिरामी थिए । उनको उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि तारा एयरको टिकट काटेका थिए ।

तर, बिरामी वीरजित शाहीले मात्र टिकट पाए । उनको छोराले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भए ।‘बिरामी बुबालाई कसको साथ लगाएर अस्पताल पठाउने रु त्यसैले हामी फर्कियौँ‍’ दीर्घले गुनासो गरे । हुम्लामा नियमित उडान नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।





error: Content is protected !!