२६ वडामा अधिवेशन सम्पन्न 

जाजरकोट , ९ कात्तिक /  नेकपा एमाले जाजरकोटले दुइ पालिका सहित २५ वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । सबै पादर्टी सदस्यता नविकरणको काम नटुगेका कारण ढिला भएको नेता निरज आचार्यले बताए ।

उनका अनुसार बारेकोट गाउँपालिका भित्रका ९ वडा , नलगाड नगरपालिका भित्रका १३ वडाहरु र भेरी नगरपालिका ८,११,४ र ३ नम्वर वडामा मात्र अधिवेशन भएका छन् । अन्य भेरीका भेरीको १,२ ,५ , ६,७ ,८ , ९, १०,१२, नम्वर वडाहरु बाँकी रहेका छन् । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडाहरुमा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी रहेको छ ।

सबै भन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै रहेको छ । त्यस्तै कुशे गाउँपालिका भित्रका ९ वटा वडा , छेडागाड नगरपालिका १३ वटा वडा , शिवालय गाउँपालिका भित्रका ९ वटा वडा , जुनिचाँदे गाउँपालिका भित्रका ११ वडा र छेगाडाड नगरपालिका १३ वटा वडहरुम अधिवेशन हुने बाँकी रहेको नेता डम्वरबहादुर सिंहले बताए । त्यस्तै नलगाड नगरपालिकार बारेकोट पालिका स्तरिय अधिवेशन आज गर्न लागिएको नेता सिंहले बताए । जाजरकोटमा ७ पालिकामा ७७ वडाहरुमा रहेका छन् । ७७ मा २६ वडामा मात्र अधिवेशन सम्पन्न भएका छन् । सदस्यताको समस्या समाधान नभए सम्मा सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।

नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँकमिटि गठन हुँदै गरेको उनले बताए । डोल्पामा ८ स्थानीय तह रहेका छन् । ठुलिभेरीका ११ , त्रिपुरासुन्दरीका ११ , शे फोक्सुण्डो ९ , जगदुल्ला ६ , मुड्केचुला ९ , काइकेमा ७ र छाकाताङसुङ ६ वडाहरुमा अधिवेशन भइसकेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकामा ६ वटा वडाहरुमा हुन सकेको छैन । पार्टी सदस्याको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुँन नसकेको हो ।





error: Content is protected !!