मौसम बिग्रदा हवाइ सेवा प्रभावित , फोक्सुण्डो जाने पर्यटकलाइ सास्ती

डोल्पा  –  दशैं र तिहारको बिचमा डोल्पाकोे फोक्सुण्डो घुम्न जाने पर्यटकलाइ सास्ती भएको छ । स्थलमार्ग , हवाइ मार्ग मार्फत डोल्पामा घुम्न जाने पर्यटकलाइ मौसममा आएको खरावीले समस्य ल्याएको डोल्पाको जुफाल विमानस्थल स्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।


दुइ दिन देखि हवाइ रुटमा भारी पानीका साथै कुहिरोका कारण सबै भन्दा बढी उडान भर्दै आएको समिट एयरले बीच बाटोबाट फर्कने परेको स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए । दिनमा ४ भन्दा बढी उडान पर्यटकलाइ लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरु भरीभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे फोक्सुण्डो , जुफाल र उपल्लो डोल्पाको बिभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरु पर्दै आएको छन् । दैनिक ४० भन्दा बढी पर्यटकहरुलाइ आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए ।


यो सिजन डोल्पामा घुम्ने सबै भन्दा उत्कृष्ट रहेको समेत उनले बताए । कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगाएतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाड दिएको जानकारी अनुसार दिनमा १ सय भन्दा बढी पर्यटकहरु फोक्सुण्डो ताल तीर जाने गरेका छन् । मंसिर देखि हिमपात सुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयूक्त समय मानिन्छ । पछिल्लो सयम पर्यटकन क्षेत्रलाइ ध्यान दिएर डोल्पामा सुविधा सम्पन्न होटलहरु खुल्ने र व्यवस्थापन समेत सुधार आएको पत्रकार रामचन्द्र न्यौपानेले बताए ।

हवाइ मार्ग भन्दा स्थल मार्ग हुँदै डोल्पा जानेको संख्या बढी रहेको छ । त्यस्तै मध्य डोल्पामा रहेको बाला त्रिपुरासुन्दरीको दर्शन , डोल्पाको स्याउ समेत सबैको रोजाइमा पर्दै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!