बैतडीको ढुंगाड बस्तीमा सेती पस्यो, ६० जना फसे

लोकेश साउद
बैतडी / सेतीको बाढी बस्ती पसेर बैतडी सिगास(५ को ढुंगाड बस्तीमा ६० जना फसेका छन् । ढुंगाडमा रहेको करीब १०० जति घर रहेको बस्तीको दुबैतिरबाट नदी बग्न थालेपछि ढुंगाड टापु बनेको छ। बस्तीका अधिकांश घर डुबेको स्थानीय राजेन्द्र चन्दले बताए।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले ४ / ५ घण्टाको दुरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको बताए। उनले १२ बजे प्रहरीसँग सम्पर्क भएको बताउदै त्यसपछि प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको बताए। प्रहरी ढुंगाड पुगे नपुगेको यकिन हुन सकेको छैनु सहायक प्रजिअ भारतीले भने बाढीको प्रभाव र क्षतीबारे यकिन जानकारी आउने बित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा छौ।
सोमबार राती नै ढुंगाडमा सेती नदी पसेको खबर आएको थियो। मोबाईल फोनले काम नगर्दा यकिन विवरण भने मंगलबार दिउसो पनि स्थानीय प्रशासनले प्राप्त गर्न सकेको छैन। बाढीमा मानवीय क्षती भने नभएको तर ढुंगाडका दर्जनौ घरको दुबै तर्फ सेति पस्दा ५०/ ६० जना फसेको स्थानीयले बताएका छन्।
बैतडीमा सोमबार राती देखि विद्युत र टेलिकमको सेवा अवरुद्ध हुदा िजल्ला भरिको टेलिफोन सेवा अवरुद्ध बनेको छ।










