राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं ः सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ ती मन्त्रीले भने ।
सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।
ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।
दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।
तत्कालीन नेकपाको पूर्व एमाले समर्थिक सिलवाललाई सदस्य सचिव बनाएपछि पूर्व माओवादी समूहका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो ।



