कत्तै राहत , कत्तै घात

जाजरकोट – हिजो देखि परेको अविरल वर्षाका कारण कत्तै राहत भएको छ भने कत्तै घात भएको छ । नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरु भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।
धानको बोट काटेर बालाबाट गेडाहरु भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्को तीर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाइ भने फाइला भएको छ । आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका ८ का बीरबहादुर खत्रीले बताए ।
पाखो पालीहरु आकाशे पानीकै भरमा लगाइन्छ । यो समाचार तयार पर्दा सम्मा पानी निरन्तर परिरहेको छ ।










