पूर्वराजदूत पौड्याल र मास्के पनि माओवादी विदेश विभागमा

काठमाडौँ ः माओवादी केन्द्रले सुरेन्द्र कार्कीको अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभागको गठन गरेको छ । विभागमा पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य रहेका छन् ।

पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिहरु रहेका छन् । पूर्व मुख्य सचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नेकपाभित्र विवाद चुलिनुको एउटा कारणमा पौड्याललाई दलभित्र छलफलबिना फिर्ता गरेको विषय पनि रहेको थियो ।

केही समयअघि मुख्य सचिव पौडेलले माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएको थियो । विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।

सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ सदस्य रहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!