कर्णाली युवा पत्रकारिता पुरस्कार जाजरकोटका लोकेन्द्र विश्वकर्मालाई

वीरेन्द्रनगर – कर्णाली युवा पत्रकारिता पुरस्कार जाजरकोटका लोकेन्द्र विश्वकर्माले पाएका छन् । कर्णाली प्रदेशको समाचार संकलन, प्रशारण तथा प्रकाशनमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै दोभान मल्टिमिडिया प्रालिले स्थापना गरेको कर्णाली युवा पत्रकारिता पुरस्कार जाजरकोटका विश्वकर्माले पाएका हुन् ।

पुरस्कार मंगलबार सुर्खेतमा एक बृहत कार्यक्रम गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्तीको टोलीले वितरण गरेको हो ।

जाजरकोटबाट पत्रकारिता थालेका विश्वकर्मा, अहिले काठमाडौंका अनलाइन, टेलिभिजन हुँदै यतिबेला कर्णालीखबरमा कार्यरत छन् ।





error: Content is protected !!