धेरै सोच्नु पनि खतरनाक ?

काठमाडौं – आज हामीले जीवनका हरेक क्षेत्रमा सफलता हासिल गरिरहेका छौं ।

स्वास्थ्य तथा विज्ञानको क्षेत्रमा भएको प्रगतीको साथले हामीले विकासको पराकाष्ठालाई पनि हासिल गरिरहेका छौं ।

हामी हरेक अर्थमा आधुनिक भैसकेका छौं ।

सुविधाका हरेक सामानहरु हामीसंग छन् । जसलाई जति बेला चाह्यो, त्यति नै बेला सम्पर्क गर्न सक्छौं, जहाँ जान मन लाग्यो, त्यहाँ जान सक्छौं ।

आफूलाई मन लागेको काम गर्न सक्छौं । त्यहि पनि कहीं न कहीं चिन्तित छौं, दुस्खी छौं । हाम्रो दिमागमा कुनै न कुनै कुरा चलि नै रहेको हुन्छ ।

फलस्वरुप हामी टेन्सनमा आउँछौं ।

विश्वका १० मध्ये हरेक चौथो व्यक्ति आफ्नो सोच्ने क्षमताभन्दा बढि सोच्दछ र ती कुराहरुलाई लिएर उल्झिन्छ, जुन उसको वसमा छँदै छैन ।

यसैलाई बढि सोच्ने बिमारी भनिन्छ ।

के हो अत्यधिक सोच्नु रु

सबैभन्दा पहिला के कुरा अनिवार्य छ भने हामीले ओभर थिङ्किङलाई एउटा बिमारीको रुपमा लिनु पर्छ । त्यसो त हामीलाई लाग्न सक्छ, यसबाट कुनै हानी हुँदैन, तर वास्तविकता के छ भने आवश्यकताभन्दा बढि सोच्नाले हाम्रो क्षमताहरुमै अवरोध आउन सक्दछ । यस सन्दर्भमा कोलम्बिया एशिया हस्पिटलकी डा।श्वेता शर्माले व्यक्त गरेको केही विचारहरु स्

ओभर थिङ्किङका केही लक्षण

—कुराकानीको क्रममा तालमेल बनाइराख्नमा कठिनाइ ।

—मन मनै लगातार तुलना गरिरहनु ।

—हरेक चिजको नकारात्मक पक्षका बारेमा सोच्नु ।

—पछिल्लो असफलताहरु तथा कमिहरुको बारेमा लगातार विचार गरिरहनु ।

—भविष्यका कार्यहरु तथा लक्ष्यहरुलाई लिएर अत्यधिक निराश हुनु ।

—कुनै दुस्खद अनुभवको बारेमा हरेक समय कुरा गरिरहनु ।

—आफ्नो भयलाई कम गर्नका लागि असमर्थ महसूस गर्नु ।

यो बीमारीको परिणाम

जो व्यक्ति ओभर थिङ्किङको समस्यासंग जुधिरहेको छ, उनीहरुले गम्भिर मानसिक समस्याहरुको समेत सामना गर्नु पर्छ र उनीहरुले नकारात्मक विचारहरुमा नियन्त्रण राख्नका लागि असमर्थ महसूस गर्दछन् । बारम्बार आउने नराम्रो विचार तथा भयको कारणले त्यस्ता व्यक्तिहरु सामाजिक जमघट तथा कार्यस्थलमा राम्रो प्रदर्शन गर्न सक्दैनन्, साना–साना कार्यहरुमा समेत उनीहरु पछि पर्छन् । यसबाट ठूलो उर्जाको हस समेत हुन्छ । किनभने त्यस्ता मानिसहरुको दिमाग बिना अर्थका कुराहरुको बारेमा सोच्दा–सोच्दा थाकिसकेको हुन्छ । यो समस्याबाट पीडित व्यक्तिहरु यसरी नकारात्मकताको शिकार हुन्छन् कि अन्य सामान्य भावनाहरुलाई समेत महसुस गर्न पाउँदैनन् ।

त्यस्ता व्यक्तिहरुको सामाजिक जीवन पनि प्रभावित हुन्छ । ती व्यक्तिहरु आफ्ना साथी, प्रेमीदेखि जागिरसम्म गुमाउन पुग्छन् । किनभने यो समस्याले बिस्तारै एउटा मानसिक स्वास्थ्य समस्याको रुपमा लिन सक्छ । यसको परिणामस्वरुप यो समस्या व्यक्तिको दिमागमा अझ बढि हावी हुन्छ । यो स्थितिबाट टाढा जानका लागि जुन ट्ेरण्ड देखिएको छ, त्यो पनि निकै खतरनाक छ । मानिसहर प्रायस् अत्यधिक भोजन तथा अल्कोहल जस्ता बस्तुको साहारा लिएर समस्याबाट बच्ने प्रयास गर्छन् । जसले उनीहरुको स्वास्थमै नराम्रो प्रभाव पार्न सक्छ ।

ओभर थिङ्किङबाट बच्नका लागि

यो समस्याबाट छुटकारा पाउन सम्भव छ । त्यसका लागि हामीले आफ्नो मन–मस्तिष्कमा नियन्त्रण कायम गर्नु पर्छ र सकारात्मकताले आफ्नो जीवनबाट यो बिमारीलाई बाहिर निकाल्नु पर्छ । त्यसका लागि यी प्रयासहरु गर्नु पर्छ स्

—ती वाक्यहरु तथा विषयहरुको बारेमा एउटा नोट बनाउनु पर्छ, जसको बारेमा सोचेर तपाईं प्रायस् हराउने गर्नु हुन्छ । ती कुराहरुलाई गौर गर्नु पर्छ र विचारहरुको अध्ययन गर्न थाल्नु हुन्छ ।

—जुुन कुराहरुको बारेमा तपाईं सोचिरहनु हुन्छ, तीसंग सम्बन्धित एक्सन ओरियन्टेड जवाफको खोजि गर्नु पर्छ । त्यसो त जिज्ञासाहरुमै उल्झिरहनु तपाईंलाई अझै रोचक लाग्न सक्छ, तर तपाईंको लक्ष्य त्यस्तो समाधान खोज्नु हुनु पर्नेछ, जसको केही परिणाम निस्कियोस् ।

—आफैंले आफैंलाई के सोध्नु पर्छ भने तपाईंले गल्तिहरुबाट के सिक्न सक्नु हुन्छ रु ताकि भविष्यमा तपाईले समस्याहरुलाई सामना गर्नु नपरोस् ।

—आफ्नो लागि थोरै समय निकाल्नु पर्छ । एकान्तमा बसेर तपाईंका समस्याहरुको सही समाधान के हुन सक्छ भन्ने बारेमा सोच्नु पर्छ ।

—तपाईंलाई आवश्यकता परेको बेला कसैसंग सहयोग लिन हिच्किचाउनु हुँदैन ।

यदि तपाईंको दिमाग तपाईंको पूर्ण नियन्त्रणमा छ भने यो भन्दा सुन्दर सम्पत्ति अरु केही हुन सक्दैन । विचारहरुलाई यदि सही ढंगले च्यानलाइज गरियो भने आफ्ना हरेक इच्छालाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ । सही उपायहरुद्वारा तपाईंले ओभर थिङ्किङबाट आफैंलाई बचाउन सक्नु हुनेछ ।





error: Content is protected !!