त्रिभुवन मावि र पत्रकार महासंघका अध्यक्ष बीच दोहोरी

जाजरकोट ः नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा र त्रिभुवन माविको बीचमा दोहोरी चलेको छ । अध्यक्ष शर्माले विद्यालयमा विषयमा जथाभावी स्टाटस लेखेको भनि हिजो नै विद्यालयका शिक्षक तथा कर्मचारीले विज्ञप्ति निकालेका थिए ।

शर्माको स्टाटस पछि विज्ञप्ति आएको थियो । आज फेरी सो विज्ञप्तिका विरुद्धमा अध्यक्ष शर्माको अर्को स्टाटस आएको छ । शर्माले शिक्षक तथा कर्मचारीको मानमर्दन हुने गरी स्टाटस लेखेको आरोप विद्यालयको छ । शर्माले भने विद्यालय विधिमा चल्नुपर्ने भन्दै आफूले स्टाटस लेखेको बताएका छन् । उनले भनेका केही पत्रकार साथीहरु नै सो विद्यालयमा पढाउनुहुन्छ ,त्यसैले विकृतीको विषयमा बोल्न सक्नु भएको छैन । यद्यपी शर्मा कांग्रेस निकट प्रेस यूनियानको अध्यक्ष तथा पत्रकार महासंघका अध्यक्ष हुन् ।

सो विद्यालयमा पढाउने सबै  प्रेस यूनियान निकट पत्रकार नै रहेका छन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष दीपबहादुर घर्तीले महासंघका अध्यक्ष शर्माको स्टाटसमा कमेन्ट गदै लेखेका छन् । किन सर के भयो र सर ? विद्यालयले म्याडमलाइ हटाएर अर्को न्यूक्ति गरेको पीडा त होला नि । शर्माले त्यसको उत्तरमा लेखेका छन् , सबै पत्रकार लेख्न किन डराउछन् तपाइ पनि डराए झैँ लाग्यो ।

यसरी चलेको थियो दोहोरी

 

प्रशंग त्रिभुवन मावि खलंगाको
केहि दिन अघि मेरोवालमा त्रिभुवन माविका शिक्षक र व्यवस्थापन समितिका केहि प्रति लेखिएको शव्दहरु फिर्ता लिएको छु शव्द चयनमा ख्याल भएन म मान्छु यहाँहरु गुरु हुनुुहुन्छ मैले पनि त्यहि स्कुलमा अध्ययन गरेको हु म यहाहरुकै चेला हु मैले गल्ति गर्दा यहा नेर यस्तो भयो भनेर एक कल फोन पनि गर्न सक्नु हुन्थ्यो । कतिपय सहकर्मी पनि हुनुहुन्छ र पनि कहिल्यै यस्ता विषयमा कुरा हुन सकेन हल्का रुपमा लिइयो , मेरो व्यक्तिगत केहि स्वार्थ छैन आज सम्म त्यो स्कुलको लागि सधै चिन्ता र चासो म पनि राख्छु , मैले राष्टिय प्रतिभा पुरस्कार पाउदा त्यो स्कुलको पनि नाम चलेको थियो मलाई गर्व लाग्थ्यो तेहि स्कुलमा पढेर पनि प्रत्येक्ष त केहि गर्न सकीयन तर पनि सदा सयता सधै रहिरहन्छ ।
हजूरहरुले सवै राम्रा काम गर्नु भएको छ ,तपाइहरुले आफुलाई लागेको गर्न छुट जस्तो लाग्छ होला ,वर्तमान खरिद ऐन आर्थिक नियमावलीले दिएको कुरा गर्नु भो योजनाका विषयमा सवै राम्रो गर्नु भएको लागेको होला तर हामी नागरिक समाजको एउटा सचेत नागरिकको हैसियतले केहीकुरा चित्त वुझेन , पेशागत रुपमा पत्रकार भएकोले कतिपय साथीहरु दोहोरो पेशामा हुदा नुनको सोझोे भएर लेख्न सक्नु भएन होला त्यो पनि थाहा छ ,योजना संचालन गर्दा शिक्षक अभिभावक र शरोकारवालाहरु वोलाएर सामाजिक लेखा परिक्षण गर्दे कार्यक्रम शुरु हुनु पुर्व विच भागमा र अन्तिमा सामाजिक परिक्षण गर्ने व्यवस्था पनि यहाहरुलाई थाहा थियो होला किन गर्नु भएन ? सार्वजनिक शरोकारवाको विषयमा विदुयार्थी अभिभावक नागरिक समाज सवैले संचाल हुने आयोजना तथा कार्यक्रमका वारेमा थाहा पाउने सूचनाको हक संवन्धि ऐनले व्यवस्था गरेको छ खै तेत्रो योजना संचालन हुदा होडिगं वोर्ड कहाँ छन् ? एउटा स्कुलको सुधारका लागि हामीले मनमा लागेका आक्रोस पोख्दा कानूनी प्रक्रीया तिर जाने भय जे मन लाग्छ गर्नुहोस काम गर्दा कमि कमजोरी हुन्छन सवै कुरा आपैmैले गरेको सही हुन्छ भन्ने छैन मान्छे भए पछि काम गर्दा विभिन्न बाधा व्यवधान आउछन यो मानविय गुण हो र पनि यहि वसेर धेरैकाम गर्न सवैको साथ सहयोग चाहिन्छ फालेको टपरी काम लाग्छ त्यो हजुरहरुलाई थाहै छ ।
तर लाखौको काम संचालन हुदा होडिगं वोर्ड विनै किन शुरु गरियो ? योजना सम्पन्न हुदा पनि आज सम्म सम्पन्न भबनको सामाजिक परिक्षण किन गरिएन , यदि गोप्यमा गरिएको छ भने अभिभावक र सार्वजनिक शरोकार राख्ने आम नागरिक समाजलाई जानकारी किन गराइएन ? विद्यालयको सार्वजनिक सुनुवाइ किन हुदैन , बर्षऔ पढाएका शिक्षकहरुलाई विना सूचना किन अपमान तरिकाले वाइपास गरिन्छ ? उनीहरुको पनि समाजमा इज्जत प्रतिष्ठा हुदैन मानवियता वौद्धिकता देखाउने तेहि ठाउ हैन र ? अध्यापन गराउने शिक्षक राख्दा विज्ञापन कहिल्यै किन हुदैन ? स्थानीय पत्र पत्रिमा अलनाइन , लगाएतका संचार माध्याममा टिचर , अन्य कर्मचारी चाहियो भनेर कहिल्यै सूचना आएको देखेको छैन । विज्ञप्ती वाजी गर्नु भन्दा सक्नु हुन्छ भने तत्काल शिक्षक अभिभावक भेला वोलाएर दशैको शुभकामना आदान प्रदान संगै हाल सम्मका गतिविधिहरु सवैलाई जानकारी गराउनुहोस , विद्यालको सार्वजनिक सूनुवाई गर्नुहोस विद्यार्थीलाई पनि संगै राखेर । तपाइहरुले राम्रो गरेको त्येहि खुलेर प्रशंसा सवैले गरिहाल्छ्न !




error: Content is protected !!