चौरजहारीमा अब किसानलाइ पेन्सन


जाजरकोट –  पहिलो पटक चौरजहारी नगरपालिका रुकुम पश्चिमले कृषकलाइ पेन्सन दिन लागेको छ ।
प्यानसन दिनका लागि कृषकबाट निबेदन संकलन लिइएको छ । सो निबेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाइ मासिक एक हजार रुपैयाँको दरले पेन्सन दिएने छ । आर्थिक वर्ष २०७७/ ७८ को निर्णयलाइ यो चालु चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आउने ल्याउन लागेको हो ।

पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ किसान पेन्सनका लागि चालु आर्थिक वर्षको पहिलो चरणमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । विभिन्न खेती, कृषि बाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौं ।’ त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा ३ रोपनी व्यावसायिक तरकारी खेती, पुष्प खेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले ५ रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।’

यस्तै, ५ रोपनीमै आँप, लिची, केरालगायतका फलफूल खेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ । २५ माउ भेडा वा बाख्रा पालेका, कम्तीमा ३ वटा दूध दिने भैंसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । ५ सय लेयर्स वा ब्रोइलर, १ सय लोकल कुखरा, कालिज, टर्की वा २ सय ५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ ।

निरन्तर ५ वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ । प्रमुख शर्माले भन्नुभयो , ‘व्यावसायिक कृषिमा लागेका किसानलाई सधैंभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो । पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ । ’

पेन्सन बाफत दिने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे÷नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जाने छ । व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ ।





error: Content is protected !!