वर्षायाममा हिउँदे बाली भित्र्याइदै

डोल्पा , हिउद याममा लगाएको बाली बर्षायामको अन्तिम तीर उपल्लो डोल्पामा भित्र्याउन सुरु भएको छ ।
उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्न ( उवा ) अहिले भित्र्याउन लागेको डोल्पोबुद्ध गाउँपालिका –६ सिमेनका प्रेमा गुरुङले जानकारी दिनुभयो । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेलपुर अवस्थामा रहेको छ । विहान देखि बेलुकी सम्मा यहाँका सबै सर्वसाधारणहरु खेतबारीमै व्यस्त हुने गरेका छन् ।

उवा भित्र्याउनका लागि गाउँ भरीको एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउ“मा गहु“ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ बैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।

हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बा“डचुड गरेर खाने गरिन्छ । व्यापारीले पु¥याएको चामल धेरै महंगो हुन्छ । कात्तिकको अन्तिम देखि फेरी उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ ।

मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँले नै यहाँको मुख्य आहारा हो । आयतित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्बसाधारणहरु केही अन्न चिनको स्वासासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउद याममा हिमपात हुने भएकाले केही सर्वसाधारण आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने केही तल्लो भेग तीर झर्ने गरेको स्थानीय इ गुरुङले बताउनुभयो ।

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुइ वर्ष देखि राम्रो सँग पुगेको छैन । स्थानीय बजारमा प्रतिक्वीन्टल १६ हजार सम्मा रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताउनुभयो । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ ।





error: Content is protected !!