कर्णालीमा कांग्रेस अधिवेशन -६२ पालिकाको नेतृत्व चयन, पौडेल पक्ष हाबी सुर्खेत र डोल्पामा अझै अधिवेशन हुन सकेन

सुर्खेत ः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक गरेको छ, अवको एकरदुई दिनभित्र अधिवेशन हुन सक्छ,’ कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने ।

कर्णालीमा पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ  । तर, तीव्र प्रतिस्पधाका बीच पनि धेरै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

कर्णालीमा निर्वाचन सम्पन्न भएका ६२ पालिकामध्ये ३४ पालिकामा पौडेल पक्षका सभापति चुनिए भने २७ पालिकामा देउवा पक्षका सभापति आएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने कतै पनि खुलेका छैनन् ।

सल्यानमा दुवै समूहको बराबरी

सल्यानमा नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखिएको छ । १० स्थानीय तह भएको सल्यानमा संस्थापन पक्ष र स्थापनइतर समूह ५ /५ तहमा विजयी भएका छन् ।

जिल्लामा ८ स्थानीय तहमा निर्वाचन भएको थियो भने दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस सल्यानका सभापति गणेश चन्दले जानकारी दिए ।

देउवा समूहले त्रिवेणी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जित हात पारेको छ । देउवा समूहबाट बागचौरमा दीपेश डिसी, बनगाडमा पुरुषोत्तम आचार्य, छत्रेश्वरीमा सीता केसी, त्रिवेणीमा गंगाराम पुन र कुमाखमा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै पौडेलले समूहले सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका नगरपालिका, कपुरकोट गाउँपालिका, कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिका जित हात पारेको छ ।

जसमध्ये शारदामा दीपक हमाल, कपुरकोटमा यज्ञराज वली, कालीमाटीमा गणेश केसी, दार्मामा कृष्ण वली र सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन् ।

रुकुमपश्चिममा पौडेल पक्षको वर्चस्व

रुकुमपश्चिममा जिल्ला सदरमुकाम मुसीकोटबाहेक सबै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको जिल्ला उपसभापति धिरेन्द्रकुमार बटालाले जानकारी दिए ।

६ वटा स्थानीय तह भएको रुकुमपश्चिममा संस्थापन पक्षभन्दा पौडेल पक्ष बलियो देखिएको छ ।

सहमति गरिएका पाँचवटा पालिकाहरु चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दीपेन्द्र वली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनिहरु सबै पौडेल पक्षका हुन् ।

मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो । मुसीकोट नगर सभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै देउवा पक्षका प्रेम वली विजयी भएका छन् । कुल खसेको २३७ मतमध्ये वली १६० मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी मल्लले भने ६६ मत मात्र प्राप्त गरेका थिए ।

दैलेखका ६ पालिकामा पौडेल पक्ष निर्वाचित

११ स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सभापति चएन भएका छन् । पाँच वटा स्थानीय तहमा भने देउवा पक्षय सभापति चएन भएका छन् ।

पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको पाँच वटा स्थानीयतह नारायण नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, आठविस नगरपालिका र डुङ्गेश्वर गाउँपालिकामा देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ ।

देउवा समूहबाट नारायणमा मनोज थापा, चामुण्डामा जगतबहादुर शाही, डुङ्गेश्वरमा भीमबहादुर भट्ट, दुल्लुमा लालबहादुर रावत र आठविसमा अर्जुनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै पौडेलले समूहले जिल्लाको महावु पाउँपालिका, गुराँस गाउँपालिका, ठाँटिकाध गाउँपालिका, भगवतीमाई गाउँपालिका, भैरवी गाउँपालिका र नौमुले गाउँपालिकामा जित हात पारेको छ ।

जसमध्ये महावुमा कर्णबहादुर शाही, गुराँसमा चन्द्रबहादुर भट्टराइ, ठाँटिकाधमा विष्णु प्रसाद रिजाल, भगवतीमाईमा खगेन्द्रबहादुर शाही, भैरवीमा हेमलाल जैसी र नौमुलेमा गंगबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् ।

कालीकोटमा सर्वसम्मत नेतृत्व, पौडेल पक्ष हाबी

नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए ।

९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता आएका छन् ।

पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरू तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, पालाता गाउँपालिका, पचालझरना गाउँपालिका, सानी त्रिवेणी गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रहेका छन् । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

सभापति बमका अनुसार उनकाअनुसार तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् ।

त्यस्तै रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएको सभापति बमले बताए ।

जाजरकोटमा दुवै समूहको बराबरी

जाजरकोटका सात वटै पालिकाको नेतृत्व चयन भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस जिल्ला सभापति दिपकजंग शाहले जानकारी दिए ।

जिल्लाको जुनीचाँदे, शिवालय पाउँपालिका र छेडागाड नगरपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन् । जस्मा जुनीचाँदेमा वीरेन्द्र बहादुर शाही, शिवालयमा जस्विर वली र छेडागाडमा टोपेन्द्र अधिकारी चएन भएका छन् ।

भेरी नगरपालिकामा शशि बुढा सभापतिमा निर्वाचित भएका छन् । उनि कुनैपनि समुहमा खुलेका छैन्न् ।

यस्तै, नलगाड नगरपालिकामा जय बहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकाका अमर बहादुर थापा पौडेल पक्षका सभापति हुन् ।

जुम्लामा पनि पौडेल समूह हाबी

८ वटा स्थानीय तह रहेको जुम्लामा २ स्थानीय तहमा निर्वाचन गरिएको छ भने ६ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन भएको कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाहीले जानकारी दिए ।

जिल्लामा देउवाभन्दा पौडेल पक्ष हाबी भएको देखिन्छ । आठ पालिकामध्ये ६ पालिकामा पौडेल पक्षका सभापति चएन भएका छन् भने दुई वटामा देउवा पक्षका सभापतिले जित हात पारेका छन् ।

पौडेलले समूहले चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका र पातारासी गाउँपालिका जित हात पारेको छ ।

जसमध्ये चन्दननाथमा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, हिमामा नरबहादुर शाही, तिलामा भक्तबहादुर रोकाय, तातोपानीमा धनप्रसाद चौलागाँइ र पातारासीमा गोर बहादुर बोहोरा चएन भएका छन् ।

त्यस्तै देउवा पक्षका गुठिचौर गाउँपालिका र सिंजा गाउँपालिकामा सभापती चएन भएका छन् । जसमा गुठिचौरमा टेकबहादुर भण्डारी र सिंजामा गोविन्द शर्मा सभापतिमा निर्वाचित भएका छन् ।

हुम्लामा देउवा पक्षको वर्चस्व

हुम्लाका सातवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । ६ वटा स्थानीय तहका सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । सर्केगाड गाउँपालिकामा मात्रै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको कांग्रेस जिल्ला सभापति जयपति रोकायले जानकारी दिए ।

सातवटा स्थानीय तहमध्ये ६ वटा पालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले नेतृत्व हात पारेको छ । एउटा पालिकाको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता आएका छन् ।

देउवा पक्षले नेतृत्व हात पारेका पालिकाहरू सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, ताँजाकोट गाउँपालिका, अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र नाम्खा गाउँपालिकामा रहेका छन् । सर्केगाड गाउँपालिकाको नेतृत्व पौडेल पक्षले हात पारेको छ ।

सभापति रोकायका अनुसार सिमकोटमा धर्मराज रोकाय, खार्पुनाथमा टेकबहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा विष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खामा सोनम लामा सभापति चयन भएका छन् ।

यस्तै सर्केगाड गाउँपालिकामा पौडेल पक्षका धनराज शाही ७० मतसहित सभापतिमा चयन भएका छन् । उनका प्रतिद्वन्दी देउवा पक्षका बल खत्रीले ६३ मत प्राप्त गरेका छन् ।

मुगुमा देउवा पक्ष हाबी

मुगुका चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । छायानाथ रारा नगरपालिकामा भने मतदान गरिएको जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

सर्वसम्मतिबाट नेतृत्व चयन गरिएका सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन् । छायानाथ रारा नगरपालिकामा भने पौडेल पक्षीय सभापति चएन भएका छन् ।

सोरुमा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगुमकार्मारोङमा गारा तामाङ निर्विरोध सभापति पदमा निर्वाचित भएका हुन् ।





error: Content is protected !!